चर्चा प्रदेश राजधानीको : एक नम्बर प्रदेशको नाम ‘किरात प्रदेश’ राख्न मुख्यमन्त्रीलाई स्मरणपत्र

<span class='c1'>चर्चा प्रदेश राजधानीको : एक नम्बर प्रदेशको</span> <span class='c2'>नाम ‘किरात प्रदेश’ राख्न मुख्यमन्त्रीलाई स्मरणपत्र</span>

प्रेम देवान,
विराटनगर २९ असार ।
एक नम्बर प्रदेशलाई ‘किरात प्रदेश’ नामाकरण गर्न पहल गर्दै किरात राई यायोक्खाले मुख्यमन्त्रीलाई स्मरण पत्र बुझाएका छ । प्रदेश नं. १ लाई ‘किरात प्रदेश’ नामाकरण गर्न माग राख्दै किरात राई यायोक्खा जिल्ला कार्यसमिति मोरङले शुत्रबार एक नम्बर प्रदेशका मुख्यमन्त्री शेरधन राईलाई स्मरण पत्र बुझाएका हो । प्रदेश नम्बर १ को भुगोल–किराँती सभ्यता, सांस्कृतिक, भाषिक, सामाजिक, ऐतिहासिक, भौगोलिक र राजनीतिकसँग जोडिएको भन्दै यस अघि नै किरात राई यायोक्खाले ज्ञापन पत्र बुझाईसकेको छ ।
किराँत राई यायोक्खा जिल्ला कार्यसमिति मोरङका अध्यक्ष नविन राई, सचिव कृष्ण कुमार राई लगायत किराँती अगुवाहरुले ज्ञापन पत्र बुझाउँदै प्रदेश नम्बर १ लाई ऐतिहाँसिक किराती सभ्यता, सांस्कृतिक, भाषिक, सामाजिक, ऐतिहासिक, भौगोलिकको आधारमा किरात प्रदेश नामकरण हुनुपर्ने भन्दै स्मरण पत्र बुझाएका हुन् । किरातीहरुको धार्मिक ग्रन्थमा पौराणिक किंवदन्तीहरूमा पनि प्रदेश नं १ को भूमिबाटै किराँतीहरुको मानव सभ्यता र उत्पत्तिको विकास भएको भन्दै अध्यक्ष राईले प्रदेशको नाम किरात प्रदेश नै हुनुपर्नेमा जोड दिए । स्मरण पत्र बुझ्दै मुख्यमन्त्री राईले आफूले सक्दो एक नम्बर प्रदेशको नाम किराँत राख्ने बिषय सकारात्मक भएकोले यो बिषयमा छलफल गरिने आस्वासन दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्