नेपाल आयल निगम विराटनगरका ट्याङ्करमा लक सिस्टम लागु

नेपाल आयल निगम विराटनगरका ट्याङ्करमा लक सिस्टम लागु

विराटनगर, ३१ असार ।
एक नम्बर प्रदेश आयल निगम कार्यालय बिराटनगरले निगमको तेल ढुवानी गर्ने ट्याङ्करमा शनिवारदेखि आधुनिक लक सिस्टम लागु गरेको छ । निगमका कार्यकारी निर्देशक सुशील भट्टराई र मोरङका प्रमुम जिल्ला अधिकारी रामप्रसाद आचार्यले संयुक्त रुपमा लक सिस्टमको उद्घाटन गरेका हुन् । सो अवसरमा निगमका कार्यकारी निर्देशक भट्टराईले सबै पक्षको सहमती भएको आधुनिक लक सिस्टमले तेलको गुणस्तर कायम राख्ने लगायत उदेश्यमा सहयोग हुने विस्वास ब्यक्त गरे । प्रमुख जिल्ला अधिकारी आचार्यले आधुनिक प्रबिधिको रुपमा आएको लक सिस्टमलाई सबैको सहयोगमा सफल बनाउनु पर्ने बताए । लक सिस्टम लागु भएसँगै आयल निगमका ३ सय ४० ट्याङ्करमा ताला लगाईएको छ। सेन्सर सहितको उक्त लक सिस्टम लगाएपछि तेल चोरी हुने, गुणस्तरमा तलमाथि हुने र विवाद लगायतका समस्या समाधान हुने आयल निगमको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्