विश्वकप : गोल्डेन बुटको दावेदार इंग्ल्याण्ड कप्तान ह्यारी केन

विश्वकप : गोल्डेन बुटको दावेदार इंग्ल्याण्ड कप्तान ह्यारी केन

आज राति सम्पन्न हुने रुस विश्वकपमा इंग्ल्याण्ड कप्तान ह्यारी केन ‘गोल्डेन बुट’ को पहिलो दावेदार बनेका छन् । आफ्नो गोलसंख्या ६ पुर्याउदैँ गोल्डेन बुटको दावेदारीको रुपमा उभाएको हो ।

६ गोल गरेका केनले ३ गोल पेनाल्टीमा गरेका हुन् । ट्युनिशियाबिरुद्धको २-१ गोलको जितमा दुवै गोल गरेका केनले पानामाबिरुद्धको ६-१ गोलको जितमा दुई पेनाल्टी गोलसहित ह्याट्रिक गरेका थिए । कोलम्बियासँगको खेलमा  पेनाल्टीमा गोल गरेका  थिए ।

कोलम्बियासँग बराबर खेलेपछि पेनाल्टी शुट आउटमा ईंग्ल्याण्डले ४ –३ ले कोलम्बियालाई हराएको थियो । पेनाल्टीमा पनि केनले गोल गरे । तर टाईब्रेकरको गोल गोल्डेन बुटका लागि मान्य हुनेछैन । त्यस्तै पोर्चुगलका कप्तान क्रिष्टियानो रोनाल्डोले र बेल्जियमका रोमेलू लुकाकूको समान ४/४ गोल सहित दोस्रो स्थानमा छ । तर दुबैको विश्वकप यात्रा सकिसकेको छ ।

फ्रान्स र क्रोएसियाविरूद्ध आज हुने फाइनलमा केनको बराबरीमा पुग्न फ्रेन्च खेलाडीद्वय आन्टन ग्रिजमन र केलियन एमबापेले ३–३ गोल गर्नुपर्ने छ ।

यी दुवै आक्रामक मिडफिल्डरले ३–३ गोल गरेका छन् । तर, ग्रिजमन र एम्बापेले हयारी केनलाई भेटाउन कठिनप्रायः रहेको छ । केनले यसपालि ‘गोल्डेन बुट’ जिते आफ्ना अग्रज ग्यारी लिनेकरको समकक्षमा पुग्ने छन् । लिनेकरले सन् १९८६ को विश्वकपमा ६ गोल नै गरेर ‘गोल्डेन बुट’ जितेका थिए । उनी ‘गोल्डेन बुट’ जित्ने दोस्रो इङ्लिस खेलाडी बन्दै छन् ।

केनको कप्तानीमा रहेको इङ्ल्याण्ड सेमिफाइनलमा क्रोएसियासँग २–१ ले पराजित भएको थियो । शनिवार बेल्जियमविरूद्ध तेस्रो स्थानका लागि भएको खेलमा पनि इङ्ल्याण्ड २–० ले पराजित भयो । केनलाई पछ्याइरहेका बेल्जियम स्ट्राइकर रोमेलु लुकाकुले ४ गोल गरेका थिए । उनी तेस्रो स्थानका लागि भएको खेलमा गोल गर्न चुकेपछि केन एक्लो दाबेदार बनेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्