मेराे धर्म संकट र मिडिया कप फुटसल – साेनु दास

मेराे धर्म संकट र मिडिया कप फुटसल – साेनु दास

भनिन्छ फस्ट इम्प्रेसन इज द लास्ट इम्प्रेसन । सम्भवतः हुन्छ पनि त्यस्तै । दुइ बर्ष अगाडिको कुरा हो । २०७३ साल श्रावण २८ गते शुक्रवारको दिन । ओबि मिडिया प्रालिको आयोजनामा  भएको विराट फुटसल कप २०१६ मा विराटनगर स्थित मकालु टेलिभिजनले हिट एण्ड हेङ्ग आउटको खेल मैदानमा व्यापारीलाई दुइ गोलको विरुद्धमा ६ गोल गर्दै दोस्रो चरणमा प्रवेश गरेको थियो र त्यही थियो फस्ट इम्प्रेसन ।

 

तर .... खेलमा हार जित निश्चित भएकाले मकालुको अथक प्रयास बावजुद फाइनल खेलमा मकालु टेलिभिजनलाइ ५–३ गोल अन्तरले पराजित गर्दै मनमोहनले उपाधी आफ्नो पोल्टामा पारेको थियो ।
आज अर्थात अहिले पनि समाजिक संजालमा उस्तै फस्ट इम्प्रेसन इज द लास्ट इम्प्रेसनको व्याख्या भइरहेको छ । पत्रकार बिबेक दाहालद्वारा फेस्बुकमा पोस्ट गरिएको यो तविरमा कमल अग्रवालले लेख्नुभयो मकालुले नै जित्छ । त्यो पोस्ट एकै छिनमा उत्कर्षमा पुग्यो । जति खेर मोडल साजिद आलमले प्रतिक्रिया जनाए । उनले लेखे मकालुलाई किन राख्यो यो टुनामेन्टमा हौ , यो मान्य हुने छैन् । तथापी सबैलाई शुत्रकामना । हे भगवान मकालु न जितोष । लगत्तै पत्रकार एवम आयोजक बिबेक दाहलले लेख्नुभयो मकालुको ए टिम खेलाउने नट सिनियर ओन । र त्यस लगत्तै मकालु टेलिभिजनका सिइओ दिवश सुबेदिले लेख्नुभयो हा हा हा बि टिम हो मकालुको ।

मैले पाएको सुचना अनुसार एका बिहानै उठे , फ्रेस भए संगै लागे हिट एण्ड ह्याङ आउट । बाहिर न्यू सृष्टि दैनिक पत्रिकाको पूरा टिम तम तयार थिए । लाग्दै थियो आज पत्रकार पत्रकार बिच ठूलै भिडन्त हुने सम्भावना छ । न्यू सृष्टि दैनिक पत्रिकाका प्रधान सम्पादक शंकर खरेल  आफैमा धुरन्धर मान्छे । उहाँको उपस्थिति देखेर लाग्यो , आजको ट्रफि सृष्टिले नै लग्ला । र भयो पनि । हिट एण्ड ह्याङ आउट फुटसलमा भएको उक्त खेलमा नागरिक दैनिकले नेपाल टाइम्सलाई ३—० ले हरायो भने , , न्यु सृष्टि दैनिकले आयोजक ओबी मिडिया प्रालिलाई ५—१ गोलले पराजित गर्यो । मैदान आफै हरियो थियो उता न्यू सृष्टि दैनिकका खेलाडीहरुको उपस्थितिले अझै हरियोमय भयो । आखिर हरियो पत्रिकाको सान जो बेग्लै छ । पत्रकार लुङाको एउटा बिषयमा लेख्नै बिर्से । हाफ टाइम पछिको कुरा हो पहेंलो जर्सिमा रहेका लुङा सिकिस्त घाइते भए । न्यू सृष्टि दैनिकको सुटमा बल रोक्दा पत्रकार लुङा घाइते भए । घाइते पनि यसरि भए कि जस्तै खेल मैदानमा नेइमार ।

 

एउटा भनाइ छ । सबै संकटमा पर्नु तर धर्म संकटमा नपर्नु । तर जे नहुनु थियो त्यही भयो । आफुले कार्यथालिनि गरेको टेलिभिजन बिरुद्ध खेल्नु पर्यो । म उदघोष दैनिकको तर्फबाट खेल्दै थिए । मेरो टिमको कप्तान पत्रकार हरि अधिकारी र नेपाल पत्रकार महासंघ मोरङका अध्यक्ष बन्धु पोख्रेलले भन्नुभयो , जाउ सोनु आज जित निकालेर आउ । तर जित के निकाल्नु दुइवटा आत्मघाति गोल हानेर आए । र त्यही आत्मघाति गोल मेरो टिम उदघोषलाई हरायो । खेल मैदान बाहिर हुटिङ चल्दै थियो । खेल जारी थियो र मैले हेडिङ मार्फत आत्मघाति गोल गरे ।
यता खेल मैदानबाट ५०० मिटर पर एक खाजा पसलमा आगामी खेल कसरी खेल्ने बारे रणनिति बन्दै थियो । अब आफै बुझौ कस्को बिरुद्ध रणनिति थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्