फोहोरको बिषयमा विराटनगरमा फेरी झडप, सरसफाई अभियानकर्मी माथि नै अक्रमण

फोहोरको बिषयमा विराटनगरमा फेरी झडप, सरसफाई अभियानकर्मी माथि नै अक्रमण

प्रेम देवान
विराटनगर ३१ असार । विराटनगरको फोहोर मैला व्यवस्थापन गर्ने जिम्मा पाएको वेस्ट मेनेजमेन्ट कम्पनी प्रालि जेभीका कर्मचारी नै सर्बसाधारण माथि आक्रमण गरेको भन्दै आरोप लगोको छ । स्थानीयलाई कुटपिट गर्नुका साथै ज्यान मार्ने धम्की दिएको पिडीतहरुले आरोप लगाएका छन् ।
जिल्ला वन कार्यलय सुनसरीमा कार्यरत वन अधिकृत महेश कुमार साहका परिवारलाई आफू घरमा नभएको मौकामा श्रीमती र छोराहरुलाई कुटपिट गरी गम्भीर घाईते बनाएको उनले बताए । पिडीत परिवारले आईतबार विराटनगरमा पत्रकार सम्मेलनको आयोजना गरी आफ्ना परिवार माथि कुटपिट भएको दाबी गरे ।
कुटपिटबाट जुनेली मार्ग बस्ने ५० बर्षिया बविता साह र दुई छोरालाई सरसफाई गर्न आएका कर्मचारीले कुटेको श्रीमान् महेशले पत्रकार सम्मेलन बताए । नगरक्षेत्रको सरसफाईको काम गर्दै आएको वेष्ट मेनेजमेन्ट ग्रपले जुनेली मार्गमा शनिवार बिहान ८ बजे पुगेका बेला बविता साहका परिवारलाई कुटपिट गरि धम्की दिएको उनीहरुको आरोप छ । कुटपिटबाट बविता साह, छोरा मोहित, मन्जुको अनुहार र घुडामा चोट लागेको उनले बताए ।
यस विषयमा वेष्ट मेनेजमेन्ट गु्रपसँग मिलेर काम गर्दै आएको संस्थाका प्रकाश ईङनामसंग बुझ्दा उनले फोहर संकलनको क्रममा ग्राहक बन्न अनुरोध गर्दा साह परिवारले उल्टै आफूहरुमाथि अवद्र व्यावहार गरेको बताए । एक बर्ष अगाडीसम्म ग्राहक बनेको तर ३ महिनादेखिको पैसा नतिरेका कारण हामीले सम्झाउन खोज्दा उल्टै बविता साह र उनका दुई २ छोराले फोहोर मैला संकलन गर्न पुगेका सहभागिहरूलाई गाली गलौज गरे, संस्थाका अध्यक्ष देबी आचार्यले भने, सम्झाउँदैमा आक्रमणमा उत्रिएपछि केही विवाद भएको हो । नियम अनुसार त सबैले सरसफाईमा सहभागी त हुनु पर्यो नी हैन र ?’
साह परिवारको आक्रमणबाट वेष्ट मेनेजमेन्ट गु्रपका सुपरभाइजर रमण गौतम केशरबहादुर कार्की , कृष्णप्रसाद पोखरेल र म आफू स्वयम घाईते भएको अध्यक्ष आचार्य बताए ।
श्रीमती बबीता र छोराहरुले घरबाट वेल्ना चक्लाले सहभागीहरुलाई कुटपिट गर्न लगाएको प्रत्यक्षदर्शी स्थानीयले बताए । साह परिवारले चक्कु लगायत घरेलु हातहतियार ल्याएर हान्न थालेपछि तत्काले वडा प्रहरीलाई खबर गरेका थिए । वडा प्रहरी कार्यालय विराटनगरबाट टंकप्रसाद कोईरालाको नेतृत्वमा गएकोे टोलीले विवाद साम्य पार्न खोज्दा पनि उल्टै प्रहरीसंग विवाद गर्न खोजेको स्थानियले बताए ।
प्रहरीले घटनास्थलबाट दुवै छोरालाई पक्राउ गरेको थियो । प्रक्राउ गरेको ५ घन्टा नवित्दै उनीहरूलाई रिहा गरेपछि स्थानीय गाउलेहरूले जिल्ला प्रहरी कार्यलयमा कार्वाहीको माग गर्दै किटानी जाहेरी दिएका छन् । विराटनगर महानगरपालिकाको सहयोगमा भैरहेको बिशेष अभियानमा संयुक्त टोल नगर समन्व्य समिति , जुनेली मार्ग टोल विकास संस्था , अभिराम यूवा क्लव, सरस्वती सिकाई केन्द्र र पाईला परिवर्तनको भन्ने संस्था सरसफाईको लागि गएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्