हटिया व्यवस्थापनमा कञ्चनवारीको विकल्प खोजिँदै, बिराटनगरमा वडा अध्यक्षहरु नयाँ ठाउँको खोजीमा

हटिया व्यवस्थापनमा कञ्चनवारीको विकल्प खोजिँदै, बिराटनगरमा  वडा अध्यक्षहरु नयाँ ठाउँको खोजीमा

विराटनगर, ३१ असार ।
पछिल्लो दिनमा बिराटनगरमा ब्यवस्थापन गर्न लागिएको हाट बजारको बिषयले सबैको ध्यान तानेको छ । सामान खरिदको लागि जाने उपभोक्तालाई मात्र हैन ब्यापारीलाई पनि यो बिषयले सबै अन्यौलमा छन् । त्यही बिषयले स्थानीय सरकारका वडा अध्यक्षहरुलाई पनि हटिका कसरी ब्यवस्थीत गर्ने भन्ने बिषयले टाउको दुखाएको छ । विराटनगरका सडकमा लाग्दै आएको साप्ताहिक हाटबजारलाई व्यवस्थित वनाउने अभियान कतिपय वडाहरुबाट शुरु भईसकेको छ । बिराटनगर महानगरपालिका वडानम्बर ४ कञ्चनवारी पश्चिम नोवेल हस्पिटल जाने सडकको हाटबजार ब्यवस्थीत गर्ने बारेका काम शुरु भएको छ । हाटलाई व्यवस्थित गर्न सडक छेउमा रहेको खाली जग्गालाई मिलाउने काम आइतवार देखी शुरु गरिएको हो ।
व्यवस्थित वजारकालागि सडकको छेउमा रहेको झण्डै १ विगाहा जमिनलाई ३ लेनमा विभाजन गर्ने र प्रत्येक व्यपारिलाई २ मिटरको जग्गाको दरले चिन्ह लाएर प्रदान गर्ने वडाध्यक्ष देवेन्द्र पोखरेलले जानकारी दिए । सडकमा अबरोध पुग्ने गरी अव कसैले पनि हटिया लाउन नपाउने उनको भनाई छ ।
सडकमा हुने अवरोध हटाउन विराटनगर महानगरका मेयर भीम पराजुलीले महानगरका १९ वटै वडाका वडाध्यक्षहरुलाई उपयुक्त स्थानमा हटिया व्यवस्थापन गर्न निर्देशन दिइसकेका छन् । प्रत्येक वडाका विभिन्न स्थानमा लाग्ने हटियाहरु सडकमै लाग्ने गरेका थिए । अव भने सडक भन्दा बाहिरको खाली जग्गाको पहिचान गर्दै उपयुक्त स्थानमा हटिया लाउने अभियान शुरु भएको हो । यसमा वडा अध्यक्षहरु पनि सक्रिय भएर लागेका छन् । त्यस्तै वडा नम्बर ११ ले पनि हटिया ब्यवस्थापन गर्ने बारेमा ठाउँको पहिचान गरि रहेको जनाएको छ । हाट बजार ब्यवस्थित गर्ने महानगरको योजना अनुसार वडाका बिभिन्न स्थानहरुको पहिचान गर्दै कसरी आम नागरिकलाई पनि असहज नहुने अनी सडकमा पनि हटिया लाग्न नपाउने गरी काम गर्ने भन्ने बारेमा काम भईरहेको वडा अध्यक्ष तिर्थेन्द्र न्यौपानेले बताए । वडा नम्बर ११ मा पनि साना सडकमा पसलहरु लाग्ने गरेको भएपनि हटियाकै रुपमा नलागेको उनले सुनाए । त्यसलाई साईड लगाउने काम हुँदैछ, तर हटिया लाग्ने वडाहरुले पनि धमाधम पहिचान गरेर काम गर्दै गरेको उनले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्