२० वर्षपछि विश्वकपको विजेता बन्यो फ्रान्स , क्रोएसिया ४-२ गोल अन्तरले पराजित

२० वर्षपछि विश्वकपको विजेता बन्यो फ्रान्स , क्रोएसिया ४-२ गोल अन्तरले पराजित

२० वर्षपछि इतिहास दोहो¥याउँदै फ्रान्स २१ औं संस्करणको विश्वकप विजेता बनेको छ ।

क्रोएसियालाई ४÷२ गोल अनतरको शान्दार जित निकाल्दै फ्रान्स २१ औं संस्करणको विश्व विजेता बनेको छ । १९९८ मा विश्वकप उचालेको फ्रान्सले पुनः इतिहास दोहो¥याउँदै इतिहास चुम्न सफल भएको हो । विश्वकपको फाइनलमा ६ गोल भएको खेलमा फ्रान्सले चार गोल हानेको थियो । पहिलो हाफमा फ्रिकिकबाट आएको बललाई रक्षा गर्न खोज्दा मान्डझुकिचको हेडिङ मार्फत आत्मघाती गोल हुँदा फ्रान्स १-० ले अग्रता बनाउन सफल भयो । तर, खेलको १० मिनेटमै पेरिसिकले गोल गर्दै खेललाई बराबरीमा ल्याएका थिए ।

तर, ३८ औं मिनेटमा पेनाल्टीमा पाएको बललाई गोलमा परिणत गर्दै फ्रान्सले पुनः अग्रता बनाउन सफल भयो । पहिलो हाफ २-१को अग्रता बनाएको फ्रान्सले दोश्रो हाफको ६८ औं मिनेटमा पोग्वाले थप गोल गर्दै खेललाई ३-१को अग्रता बनाएको थियो । त्यसपछि पुनः ६५ मिनेटमा एमबाप्पेले गोल गर्दै खेललाई आफ्नो पकडमा पार्न सफल भयो ।

गोलकिपरको गल्तीका कारण मान्डजुभिचले गोल गर्दै खेलमा अग्रता छोट्याउन सफल भए । त्यसपछि दुवै टोलीबाट थप गोल हुन सकेन र फ्रान्स दोश्रो पटक विश्व विजेता बन्न सफल भयो भने पेनाल्टी र आत्मघाती गोल क्रोएसियाका लागि घातक सावित हुँदा २०१८ विश्वकपमा दोश्रो स्थानमा नै चित्त बुझाउनप¥यो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्