विश्वकपमा सर्वोत्कृष्ट खेलाडी मोड्रिक, सर्वाधिक गोलकर्ता बने इंग्ल्यान्डका कप्तान केन

विश्वकपमा सर्वोत्कृष्ट खेलाडी मोड्रिक, सर्वाधिक गोलकर्ता बने इंग्ल्यान्डका कप्तान केन

एजेन्सी । विश्वकप फुटबलको उत्कृष्ट खेलाडी क्रोएसियाका कप्तान लुका मोड्रिक घोषित भएका छन् । उनले गोल्डन बल पाए ।

रसियाको राजधानी मस्कोस्थित लुज्हनिकी रंगशालामा सम्पन्न फाइनल खेलमा फ्रान्सले क्रोएसियालाई ४–२ गोलले पराजित गर्दै दोस्रो पटक उपाधि उचालेको हो । फाइनलमा फ्रान्ससँग पराजित भएपनि क्रोएसियाका कप्तान मोड्रिक उत्कृष्ट खेलाडी घोषित भए । 

त्यस्तै, विश्वकपको सर्वाधिक गोलकर्ता इंग्ल्यान्डका कप्तान ह्यारी केन भएका छन् । ह्यारी केनले गोल्डेन बुट जितेका छन् । केनले विश्वकपमा कुल ६ गोल गरेका छन् । उनले पानामाविरुद्ध ह्याट्रिक गोल गरेका थिए ।

त्यस्तै, विश्वकपको बेष्ट युवा खेलाडी फ्रान्सका किलियन एमबाप्पे घोषित भएका छन् । १९ वर्षीय एमबाप्पेले विश्वकपमा ४ गोल गरेका छन् । त्यस्तै, गोल्डेन ग्लोभ बेल्जियमका थिबाउट कौर्टोइसले जितेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्