पूर्वकी गायिका टीका प्रसाईंको तिज गीत सार्वजनिक (भिडियो हेर्नुहोस)

<span class='c1'>पूर्वकी गायिका टीका प्रसाईंको तिज</span> <span class='c2'>गीत सार्वजनिक (भिडियो हेर्नुहोस)</span>

बिराटनगर असार ३२ , हिन्दु धर्मावलम्बी नारीहरुको महान चाड तिजलाई  लक्षित गरी पुर्वकि गायिका टिका प्रसाइको तिज गित सार्वजनिक भएको छ ।

पुर्व झापा घर भएकी गायिका प्रसाईंले अहिले ‘म त नाच्ने हो’ तिज गीत सार्वजनिक गरेकी छिन  । यस गीतमा गायिका टीका प्रसाईं र अमृता नेपालको संयुक्त शब्द रचना रहेको छ भने गीतमा संगीत पनि गायिका टीका प्रसाईं कै रहेको छ । गीतमा आदेश गुर्मछानको एरेन्ज रहेको छ । गायिका टीका प्रसाईंको यस अघि भने ‘नाइँ मलाई थाहा छैन’, ‘तिमी मलाई मन पर्छ’, ‘चट्ट सलाम छ’, सेल्फिको जमाना, ‘पहिलो भेटैमा’, ‘तिमी भन्छौ भने’, ‘नतोडन’, ‘कान्छी रे’ जस्ता दर्जनौं गीतहरुले दर्शक श्रोताहरुको मन जित्न सफल भईसकेको छ ।

अस्ट्रेलियाकै डिजिटल भिडियो प्रोडक्सन (डि के. पि.) ले छायांकन र निर्देशन गरेको यस गीतको म्युजिक भिडियो अस्ट्रेलियाको सिड्नी र वरपरिको मनमोहक दृश्यहरुमा छायांकन गरिएको छ । गीतको म्युजिक भिडियोमा गायिका प्रसाईं र साथीहरूलाई अभिनयमा देख्न सकिन्छ । भिमसेन गुरुङको कोरियोग्राफी , प्रबिन श्रेष्ठ र गम्भीरराज कर्निकारले सम्पादन र कलरिङ गरेको यस तिज बिशेष गीतको म्युजिक भिडियो निकै आकर्षण र उत्कृष्ट बनेको छ ।

https://www.youtube.com/watch?v=92V94FPBTvA

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्