विराटनगरको मुख्य सडकमा आजदेखि नो पार्किङ, पार्किङ गरिए कार्वाही हुने

विराटनगरको मुख्य सडकमा आजदेखि नो पार्किङ, पार्किङ गरिए कार्वाही हुने

विराटनगर, १ साउन ।
आजबाट बिराटनगर महानगरपालिाको मुख्य बजार ट्राफिक चोकदेखि जलजला चोकसम्म पार्किङ निषेध गरिएको छ। मुख्य बजार क्षेत्रमा एक तर्फी पार्किङ हुँदै आएको थियो । पार्किङका कारण प्रदेश नम्बर १ को अस्थायी राजधानीमा ट्राफिक ब्यवस्थापनमा समस्या देखिएपछि जिल्ला ट्राफिक प्रहरी कायाृलयले साउन १ गते अर्थात आजदेखि पार्किङ निषेधित गरेको हो । पार्किङकाल लागि बजार क्षेत्रमा बुधहाट चोकको ए र बि प्लटमा ब्यवस्था मिलाईएको छ । पार्किङ निषेधित क्षेत्र घोषणा गरिएपछि बिराटनगरको बुधहाट चोक देखि जलजला चोक हुँदै आएको एक तर्फी वान वे नियम दुई पाङ्ग्रे सवारी साधनका लागि हटेको छ । सो क्षेत्रमा सिटी सफारी सहितका अन्य सवारी साधनका लागि भने एक तर्फी कायम रहने छ । बिराटनगर महानगरपालिकासँगको समन्वयमा सडकमा पार्किङ निषेध गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङका प्रहरी निरिक्षक शिव लपोखरेलले जानकारी दिए । पोखरेलका अनुसार, पार्किङ निषेध गरिएको क्षेत्रमा दैनिक ३ देखि ४ सय मोटरसाईकल र ६० देखि ७० चारपाङ्ग्रे गाडी पार्किङ हुने गरेको थियो । बजार क्षेत्रको अस्तब्यस्तलाई ब्यवस्थापन गर्न पार्किङ निषेध गरिएको बताउँदै उनले तत्कालका लागि गुद्रीको ए र बि प्लटको खाली जग्गा र नमस्कार होटल अगाडी खाली रहेको जग्गालाई पनि पार्किङको रुपमा प्रयोग गरिने बताए ।
साउन १ गते देखि सार्बजनिक सवारी साधनले भाडादर देखिने स्थानमा टाँस्नु पर्ने, सार्वजनिक सवारी साधनका चालकले जुत्ता अनिवार्य लगाउनु पर्ने, कर्मचारीले अनिवार्य पचिय पत्र झुण्ड्याउनु पर्ने, जेष्ठ नागरिक, अपांग र महिलाको सिट अनिवार्य आर।क्षण गर्नु पर्ने ब्इवस्था पनि कडाईका साथ कार्यान्वयनमा ल्याईने भएको छ ।यसरी लागु गरिएको नियम साउन ७ गतेसम्म सुचित गरिने र त्यस पछि अटेर गरे कार्वाही गरिने प्रहरी निरिक्षक पोखरेलले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्