क्रिकेटर शक्ति गौचनले सन्यासको घोषणा गरे

क्रिकेटर शक्ति गौचनले सन्यासको घोषणा गरे

काठमाडौं । क्रिकेटर शक्ति गौचनले सन्यासको घोषणा गरेका छन् । गौचन राष्ट्रिय क्रिकेट टोलीका भेट्रान बलर हुन् । नेपालले पहिलो एकदिवसीय खेल नेदरल्याण्डसँग खेल्दैछ । भेट्रान बलर गौचनका लागि यो खेलनै राष्ट्रिय टोलीबाट अन्तिम खेल हुनेछ । काठमाडौंमा आयोजित एक पत्रकार सम्मेलनमा गौचनले खेलबाट सन्यास लिने घोषणा गरेका हुन् ।

नेपालले साउन १३ मा लड्र्समा एमसीसी र नेदरल्याण्ड्ससँग टी-२० सिरिज खेल्दैछ । यस लगत्तै नेदरल्याण्ड जानेछ र पहिलो एकदिवसीय श्रृखला खेल्नेछ । एकदिवसीय श्रृखला साउन १६ र १८ मा हुदैछ । भेट्रान बलर गौचनका लागि यो खेलनै नेपालको तर्फबाट खेल्ने अन्तिम औपचारिक प्रतियोगिता हुनेछ ।

उनले सन्यास लिने घोषणा गरिरहँदा नेपाली दर्शकहरुको लागि नेपालमै विदाइ खेल खेल्ने इच्छा प्रकट गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्