भारतीय तमिल फिल्मकी नायिका प्रियंकाले झुण्डिएर आत्महत्या गरिन्

भारतीय तमिल फिल्मकी नायिका प्रियंकाले झुण्डिएर आत्महत्या गरिन्

एजेन्सी । भारतीय तमिल फिल्मकी नायिका प्रियंकाले झुण्डिएर आत्महत्या गरेकी छिन् । बताईए अनुसार प्रियंकाले आफ्नो घरमा झुण्डिएर आत्महत्या गरेकी हुन् ।

प्रि‍यंका तमिल फिल्ममा प्रख्यात रहेकी थिईन् । प्रियंकाको मृत्युको बारेमा उनकी सहयोगीले बुधवार बिहान कोठाको पंखामा झुण्डिएको देखेपछि बताएकी हुन् । प्रियंकाको मृत्युको कारण घरेलु कलह हुन सक्ने उनको सहयोगीले बताएकी छिन् ।

भारतीय संचार माध्यमको अनुसार नायिका प्रियंकाले विवाह गरेको ३ बर्ष बितिसक्दा पनि संतान नभएको भन्दै परिवारमा वादविवाद हुने गरेको जसको कारण प्रियंकाले यस्तो निर्णय लिएको हुन सक्ने बताईएको छ । उनको शरीरको पोष्टमार्टम पछि आत्महत्याको मूख्य कारण खुल्न सक्ने प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्