भोलिबाट देशभर इमर्जेन्सीबाहेक सबै स्वास्थ्य सेवा ठप्प गरिने

भोलिबाट देशभर इमर्जेन्सीबाहेक सबै स्वास्थ्य सेवा ठप्प गरिने

काठमाडौं । नेपाल चिकित्सक संघले जुम्लामा १९ दिनदेखि आमरण अनसनरत प्रा.डा. गोविन्द केसीको मागमा सरकार गम्भिर नभएको भन्दै भोलिबाट देशभरका सबै अस्पतालमा आकस्मिकबाहेकका सेवा ठप्प पार्ने घोषणा गरेको छ । संघले आज पत्रकार सम्मेलन गर्दै भोलिबाट सेवा ठप्प पार्ने जनाएको हो ।
बिहीबार देशभरका सम्पूूर्ण सरकारी तथा निजी शिक्षण अस्पताल, नर्सिङ होम, क्लिनिकलगायत सम्पूूर्ण स्वास्थ्य संस्थाहरुमा आकस्मिक सेवा बाहेकका सम्पूर्ण स्वास्थ्य सेवाहरु ठप्प पार्र्नेे एवं माइतीघर मण्डलामा सबै भेला भई धर्ना दिने  संघका अध्यक्ष डा. मुक्तिराम श्रेष्ठले बताए ।  उनले भने, “सरकारलाई हामीले डा. केसीको जीवन रक्षा गरी माग पूरा गर्न ४८ घण्टाको समय दिँदा पनि सरकार गम्भिर भएन ।”
त्यसैगरी संघले भोलिबाट देशभरका सम्पूूर्ण सरकारी तथा निजी शिक्षण अस्पताल, नर्सिङ होम, क्लिनिकलगायतका सम्पूूर्ण स्वास्थ्य संस्थाहरुमा आकस्मिक सेवा बाहेकका सम्पूर्ण स्वास्थ्य सेवा अनिश्चितकालका लागि बन्द गरिने निर्णय भएको महासचिव लोचन कार्कीले बताए ।
“असार १६ गतेदेखि जुम्लामा अत्यन्त जोखिमका साथ अनशनमा बस्नुभएका संघका आजीवन सदस्य प्रा.डा. केसीकोे जीवन रक्षाका निम्ति सम्माननीय प्रधानमन्त्री, शिक्षा मन्त्री, स्वास्थ्य मन्त्री लगायत राजनीतिक दलका शीर्षस्थ नेताहरुलाई पार्टी कार्यालय तथा घरदैलोमा पुगेर जीवन रक्षाको अपिल गरेका थियौं, तर  सरकारको तर्फबाट कुनै पनि जिम्मेवारी बोध नगरेपछि हामीले बाध्य भएर भोलिबाट सबै आकस्मिकबाहेकक सेवा ठप्प पार्ने निर्णयमा संघ पुगेको हो ।”
संघले सोमबार विज्ञप्ति जारी गरी डा. केसीको मागप्रति ऐक्यबद्धता जनाउँदै सरकारलाई माग पूरा गर्न ४८ घण्टाको समय दिएको थियो । तर, सरकारले माग पूरा नगरेपछि बाध्य भएर सेवा बन्द गर्नुपरेको संघले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्