महेन्द्र मोरङका सुरक्षा गार्ड कुट्ने विद्यार्थी नेता आफैले माफी मागे

महेन्द्र मोरङका सुरक्षा गार्ड कुट्ने विद्यार्थी नेता आफैले माफी मागे

प्रेम देवान
विराटनगर, २ साउन । विराटनगरमा रहेको महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसका सुरक्षागार्डमाथि क्याम्पस प्रमुख कै कार्यकक्षमा आक्रमण गर्ने विद्यार्थी नेताले माफी मागेका छन् । गत असार २६ गते बिहिबार विहान क्याम्पसका सुरक्षागार्ड चेतकुमार राईलाई क्याम्पसका क्रान्तिकारी विद्यार्थी संगठनका क्याम्पस कमिटी अध्यक्ष अभिमन्यू यादवले क्याम्पस प्रमुखकै अगाडी हेल्मेटले हिर्काएर घाईते बनाएका थिए । यस अघिपनि असार २२ गते सहायक क्याम्पस मोहन कुमार श्रेष्ठलाई गाली गलौज गरी माफी मागेको घटना सार्बजनिक भएको थियो । उक्त घटनालाई अहिलेसम्म ढाकछोप गरेर राख्न खोजिए पनि चारैतिरको दवाव आउन थालेपछि कलेजले वाध्य भएर मंगलबार क्याम्पस परिसरमा विद्यार्थी नेतासँग छलफल गराएर माफी मगाएको थियो ।
क्याम्पस प्रमुख बाबुराम तिमील्सना र अन्य विद्यार्थी संगठनविच एक आपसमा छलफल गरी विद्यार्थी संगठनका क्याम्पस कमिटी अध्यक्ष अभिमन्यू यादवले अब आईन्दा यस्तो गल्ती नगर्ने भनी माफी मागेर छाडिएको क्याम्पस श्रोत बताउँछ । सुरक्षा गार्ड राईको टाउकोमा गम्भिर चोट भएका कारण अहिले पनि कोशी अञ्चल अस्पताल विराटनगरको अब्र्जरभेसनमा उपचार भईरहेको छ ।
पूर्व नेपाल आर्मी राई असार १ गतेदेखि क्याम्पसमा सुरक्षार्थ खटिएका थिए । उनी गोर्खाली सेक्यूरिटी फोर्सका गार्ड हुन् । उनको उपचार क्इाम्पसले नै अहिलेसम्म ब्यहोरेको क्याम्पसले जनाएको छ । माफीको विषयमा विद्यार्थी नेता अभिमन्युले सुरक्षा गार्डको विषयले नभएर सहायक क्यापसको विषयमा मात्र माफी मागेको बताए । अब उपरन्त यस्तो गल्ती नगर्ने भनेर माफी मागेको स्वीरका गरे ।
घटना यसरी भएको थियो.....
क्याम्पसमा पछिल्ला दिन कार्यालयका श्रेणिविहिन कर्मचारीहरुको सुरक्षागार्डसँग विवाद भएको थियो । ति कर्मचारीहरुले राति जुनसुकै बेला क्याम्पसका ढोका खोल्न सुरक्षागार्डलाई दवाव दिँदै आएका थिए । तर राईले भने आफ्नो क्षेत्राधिकार भन्दा बाहिर जान नसक्ने प्रतिक्रिया दिएपछि आक्रोशित बनेका तिनै कर्मचारीहरुको पोलमा यादवले आक्रमण गरेको हुनसक्ने स्रोतको दावी छ । राई केहिदिन अघि मात्र क्याम्पसको सुरक्षार्थ गोर्खाली सेक्यूरिटी फोर्सबाट परिचालन भएका हुन् । त्यसअघि भने तिनै श्रेणिविहिन कर्मचारीहरुमात्र लामो समयदेखि क्याम्पसमा चौकिदारको जिम्मेवारीमा थिए । त्यहिबेला क्याम्पस भित्रबाट ल्यापटप, हार्डडिस्क लगायतका सामानहरु चोरी भएका थिए ।
क्याम्पस परिसर भित्रै लागुऔषध सेवनगर्ने, चौपायाको चरिचरण गर्ने क्षेत्रको रुपमा विकास भएपछि रात्री ड्युटीका लागि बाहिरबाट सेक्युरिटी गार्ड ल्याइएको थियो । सवै कामका लागि स्वतन्त्र रहेको महेन्द्र मोरङ आदर्श बहुमुखि क्याम्पसमा एकाएक अनुशासनमा कडाई गरिएपछि विवाद भएको हो । तिमल्सिना क्याम्पस प्रमुख भएर आएपछि आन्तरिक प्रशासनमा कडाई भएसँगै बिद्यार्थी नेतामा आक्रोश बढ्दै गएको केही कर्मचारी बताउँछन् । त्यहि विवादलाई प्रतिशोधका रुपमा लिएर तिनै कर्मचारीहरुले विद्यार्थी नेता यादवलाई प्रयोग गरेको स्रोतको भनाई छ । नेता यादवले यसअघि पनि क्याम्पसका प्राध्यापक र विद्यार्थीमाथि अभद्र व्यवहार गर्ने गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्