विराटनगरको ऐतिहाँसिक बिराटनगर जुटमिल्स फेरी विवादमा, जुटमिल प्रशासनमा तालाबन्दी

विराटनगरको ऐतिहाँसिक बिराटनगर जुटमिल्स फेरी विवादमा, जुटमिल  प्रशासनमा तालाबन्दी

विराटनगर, २ साउन । पटक पटक विवादमा तानिदै आएको विराटनगर एतिहासिक जेठो र पुरानो विराटनगर जुटमिल पुनः विवादमा परेको छ । विराटनगर जुटमिल्समा करारका कर्मचारी निश्कासन गरेको भन्दै जुटमिल प्रशासनमा तालाबन्दी गरिएको हो । आर्थिक वर्ष २०७४-०७५ को अन्तिम अर्थात असार मसान्तसम्मका लागि करारमा राखिएका केही कर्मचारीलाई जुटमिल्स प्रशासनले हाजिर नगराउने भन्दै पत्र पठाएपछि विवाद सुरु भएको थियो ।
उनीहरुले कर्मचारीले ३० महिनादेखि तलब नपाएका बताएका छन् । तलब नपाइरहेका कर्मचारीलाई जुटमिल प्रशासनले हाजिर नगराउने पत्र पठाएपछि आन्दोलन र तालाबन्दीको श्रृंखला पुनः जुटमिलमा सुरु भएको हो । जुटमिलमा कार्यरत २४ जना कर्मचारीमध्ये १० जनाको काम नदेखिएको कारण विदा गर्नुपरेको जुटमिल प्रशासनको दाबी छ । जुटमिलका कर्मचारी मनोज खड्काले आफूहरुलाई तलब सुविधा नदिई हाजिर गर्न नदिएको कारण तालबन्दी गरेको जानकारी दिए ।
जुटमिल्सका कर्मचारी बिमला तिम्सिनाले हाजिर गर्न नदिने कर्मचारीको पनि समयावधि सकिएको भन्दै पत्र दिनु गलत भएको दाबी गरिन् । तलब सेवा सुविधा नदिइकन आफूहरुलाई विदा गर्नु अन्याय भएको उनको तर्क छ ।यता जुटमिल्सका संचालक समितिका अध्यक्ष बसन्त वनले भने खातामा रकम नभएको कारण तलब खुवाउन नसकिएको बताईन् । आफूले लेखा शाखालाई कस्को कति तलबसुविधा दिनुपर्ने भन्ने विषयमा हिसावको विवरण मागेको र उक्त विवरणको आधारमा कुनै विकल्पबाट तलब सुविधा क्रमशः खुवाउने बताए । वनले बन्द रहेको जुटमिल्समा विभिन्न नाममा कर्मचारीको आवश्यकता नहुने भएको कारण करार अवधि सकिएपछि कामबाट हटाईएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्