जुम्लामा डा. केसीका समर्थकमाथि लाठी चार्ज, समर्थक कुटिएपछि काठमाडौं आउन तयार डा. केसी

जुम्लामा डा. केसीका समर्थकमाथि लाठी चार्ज, समर्थक कुटिएपछि काठमाडौं आउन तयार डा. केसी

काठमाडौं साउन ३ । जुम्लामा आमरण अनसनरत डा. गोविन्द केसी काठमाडौं आउन सहमत भएका छन् ।

प्रहरीले आफ्ना समर्थकमाथि बलप्रयोग गरेपछि डा. केसी आफैं काठमाडौं आउन तयार भएका हुन् । ‘विद्यार्थीहरु कुटिएको म हेर्न सक्दिँन, जान्छु भन्नु भएको छ’ डा. विषद दहालले भने ।

प्रहरीले डा. केसीका समर्थकहरुमथि लाठी चार्ज गरेको हो । डा. केसीलाई काठमाडौं ल्याउन सेनाको हेलिकोप्टर गएपछि उनका समर्थकहरुले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अवरोध गरेका थिए । (अनलाइन खबर)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्