विराटनगरका रविन भुजेल ‘वुगीवुगी’ डान्सको उत्कृष्ट चारमा, उनकी आमा रुदै यसो भन्छिन्( भिडीयो सहित )

<span class='c1'>विराटनगरका रविन भुजेल ‘वुगीवुगी’ डान्सको उत्कृष्ट चारमा, उनकी</span> <span class='c2'>आमा रुदै यसो भन्छिन्( भिडीयो सहित )</span>

प्रेम देवान,
विराटनगर, ३ साउन । विराटनगरका एक मात्र प्रतिस्प्रधि रविन भुजेल ‘डान्स रियालिटी सो बुगीवुगी’ को टप फोरमा आईपुगका छन् ।नेपाली टेलिभिजन च्यानल एपीवान एचडीबाट प्रसारण भइरहेको बुगीवुगीको प्रतिस्पर्धा उत्कृष्ट चौथो लागि प्रतिस्पर्धा भईरहेको छ । ‘अब नाच्छ नेपाल’ भन्ने नाराका साथ एपी–वान टेलिभिजनले सुरु गरेको प्रथम डान्स रियालिटी सो बुगीवुगीमा ४ जना विच कडा प्रतिस्पर्धा भईरहेको छ ।
हरेक बिहीबार र शुक्रबार राति ८ बजे प्रशारण हुने रियालीटी शो बुगीवुगीका लागि अनलाइन अडिसनमार्फत देशभरबाट हजारौ प्रतिस्प्रधि बिच उनी उत्कृष्ट चारमा आईपुगेका हुन् ।
अहिले विराटनगरका रविन भुजेल सहित कविता नेपाली, प्रगति पुन र सरोज मोक्तान बिच प्रतिस्पर्धा भईरहेको छ । आफ्नो रोजाईका कलाकारलाई अगाडि बढाउन भोट गर्ने समय बिहीबार (आज) राति ८ बजेदेखि शुक्रबार मध्यान्ह १२ बजेसम्म तोकिएको आयोजकले जनाएको छ ।
उनकी आमाको आग्रह
विराटनगर मिल्स एरीयाका एक मात्र प्रतिस्प्रधि रविन भुजेल यो दौडमा उत्कृष्ट चारमा छन् । रविन भुजेलले विराटनगरका नाम राख्न कै लागि उनका परिवारले मात्र हैन उनको आमाले पनि भोट गर्न आग्रह गरेकी छिन् । रविनकी आमा कल्पना भुजेलले भनिन्.. ‘सानैदेखि छोरोले दुख गरेर डान्समा भाग लिन गएको छ । जितेर आउछु भनेको छ, तपाईहरुले पनि जति सक्नुहुन्छ भोट गरिदिनुहोला ।’

सानैदेखि नृत्यप्रतिको लगाव राख्ने रविन यतिबेला सबैको भोटको आशामा छन् । विराटनगरबाट एक मात्र टप चारमा पर्न सफल भएका रविनलाई जिताउन यति बेला विराटनगरबासी लागिपरेका छन् । उनलाई जिताउन दक्षिणगेट , भट्टिमोड र भन्सार छेउमा बसेर सबैलाई भोट गर्न आग्रह गरिरहेका छन् ।
विराटनगरको विभिन्न स्थानमा पोष्टर सहित भोट गर्न रविनका परिवार तथा साथीभाई ईष्ट मित्र सबै दिनभरी हिँड्ने गरेका छन् । रविन् भन्छन्, ‘मलाई जिताउनको लागि तपाईहरु कै सहयोगको खाँचो छ । लागी उनको भोटिङ भोट गर्नको लागि कोड नम्बर ०६ रहेको छ । उनलाई आफ्नो मोबाईलको म्यासेज बक्समा गएर ०६ टाईपगरी ३५२२५ मा पठाउन सकिनेछ ।दर्शकको भोट ५० प्रतिशत र निर्णायकहरुको ५० प्रतिशत नम्बरका आधारमा उत्कृष्ट तेश्रोमा पर्नेछन् ।

https://www.facebook.com/ourbrt/videos/2192425920992627/

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्