विराटनगर महानगरपालिका र पुर्वाञ्चल विश्वविद्यालयको गोप्य सहमती, पुसेट क्याम्पस सिध्याउन चलखेल

<span class='c1'>विराटनगर महानगरपालिका र पुर्वाञ्चल विश्वविद्यालयको गोप्य</span> <span class='c2'>सहमती, पुसेट क्याम्पस सिध्याउन चलखेल</span>

विराटनगर, ३ साउन ।
पुर्वाञ्चल बिश्व बिद्यालय र विराटनगर महानगरपालिका बिच गोप्य सहमती भएको पाईएको छ । गत असार २४ गते आईतवार दिउँसो १ बजे बसेको बैठकले बिभिन्न बिषयमा सहमती भएको निर्णय सार्बजनिक भएपछि पुर्वाञ्चल विश्व बिद्यालयलाई फेरी विवादमा ल्याउने चलखेल शुरु भएको पुर्वाञ्चल बिश्व बिद्यालय भित्रैका शिक्षक ,कर्मचारीबाट विरोध आउन थालेको छ । २४ गते बिराटनगर महानगरपालिकाका मेयर भिम पराजुली र पुर्वाञ्चल विश्वविद्यालयका उपकुलपति डा घनश्यामलाल दासले गरेको सहमतीमा पुर्वाञ्चल विश्वविद्यालयको पुसेट क्याम्पस महानगरपालिकाको साझेदारीमा चलाउने उल्लेख गरिएको छ । साझेदारीमा चलाउने भन्ने बिषयले स्वतन्त्र र स्वायत्त विश्वबिद्यालयलाई विवादमा तान्ने प्रयास भएको शिक्षक , कर्मचारी र प्राध्यापकको बुझाई छ ।
यसरी भएको सम्झौताले विश्वविद्यालयको प्राज्ञिक स्वतन्त्रता, स्वायत्तता, गरिमा र विश्वविद्यालयको स्थापित संगठनात्मक संरचनालाई गम्भीर रुपमा प्रभावित गर्ने गरि भएको कार्यले पुसेट कलेज परिवार स्तब्ध भएको बिज्ञप्तीमा उल्लेख गरिएको छ । क्याम्पसमा बसेको कर्मचारी तथा प्राध्यापकहरु बिच भएको बैठक पछि उनीहरुले सहमतीको भत्र्सना गर्दै सहमती तत्काल बदर गर्न पुर्वाञ्चल विश्वविद्यालयसँग माग गर्दै उक्त निर्णय बदर नभए उनीहरुले चरणबद्ध अन्दोलन गर्ने समेत चेतावनी दिँदै आएका छन् । ईन्जिनियरिङ तर्फको पुर्वाञ्चल विश्वविद्यालयको राम्रो क्याम्पसको रुपमा रहेको यो क्याम्पसलाई उपकुलपतिको सक्रियतामा विवादमा तानिएको शिक्षक , कर्मचारी र प्राध्यापककोआरोप छ ।
महानगर र पुवि विच यस्तो समझदारी
विराटनगर महानगरपालिका र पुवाञ्चल विश्व बिद्यालय बिच जम्मा २ वटा बुँदामा मात्र निर्णय भएको छ । पुर्वाञ्चल विश्व बिद्यालय परिक्षा नियन्त्रण कार्यालयको भवन निर्माणको लागि विराटनगर महानगरपालिकाले सार्बजनिक तथा अन्य प्रकारको प्रति जग्गा १० कठ्ठा प्रदान गर्ने र त्यसको वदलामा महानगरसँगको सहकार्यमा विश्वविद्यालयले पुसेट क्याम्पस संचालन सहकार्य गर्ने भन्ने जनाईएको छ ।
विश्व बिद्यालय अन्तरगतको आंगिक क्याम्पस पुर्वाञ्चल विश्वविद्यालय अफ ईन्जिनियरिङ एण्ड टेक्नोलोजी (पुसेट)लाई विश्वबिद्यालय तथा विराटनगर महानगरपालिका, नगर कार्यपालिका कार्यालयको साझेदारीमा त्यस कलेजको समग्र विकास तथा संयुक्त साझेदारीमा संयुक्त संचालनको सम्बन्धमा राय सुझाव सहितको प्रतिबेदन पेश गर्न दुबै पक्ष सम्मिलित ५सदस्यीय समिति समेत बनाउने सहमती भएको थियो । हो यही बिषय कर्मचारी र प्राध्यापकलाई मन परेको छैन ।
पुबि र महानगरपालिका बिच भएको सहमतीमा समितिको संयोजकमा राजेश कमार झा, गोपाल प्रसाद शर्मा, देबीबहादुर घिमिरे, ईन्जिनियर भरत न्यौपाने र पुनम दहाल रहका छन् । यसरी गठन भएको भएको सहमतीको बिरोधमा प्राध्यापक कर्मचारीले आन्दोलनको चेतावनी दिएका छन् ।
जग्गा दिएको बिषय नै विवादित
विराटनगर महागनगरपालिकाले दिने भनी सहमती गरेको जग्गाको बिषय नै विवादित बन्न पुगेको छ । जग्गा दिनु पुर्व नगरपालिकाको नगर सभाबाट पारित गरेर दिनु पर्ने ब्यवस्था विपरित एक्लो निर्णयले उपलब्ध गराउन खोजेको भन्दै महानगर भित्रै कलह शुरु भएको श्रोत बताउँछ । जग्गा दिने बिषयमा बिराटनगर महानगरपालिकाका मेयर भिम पराजुलीले आफ्नै घरको जग्गा जसरी दिने निर्णय भएको भन्दै आन्तरिक बिरोध शुरु भएको छ । परिक्षा नियन्त्रण कार्यालयको लागि भन्दै जग्गा दिने निर्णय भएको थियो ।पहिला वडाको सहमती अनी त्यसपछि कार्यपालिकाबाट पास गराएर जानु पर्नेमा त्यसो नभएको महानगरपालिका भित्रैको जनप्रतिनिधिबाट गुनासो आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्