विराटनगरमा आज अत्याधीक गर्मी , घामले गर्दा बजारमा चहलपहल कम

विराटनगरमा आज अत्याधीक गर्मी , घामले गर्दा बजारमा चहलपहल कम

विराटनगर ४ साउन । १८ बर्ष भन्दा पनि लामो समयदेखि रिक्सा चलाउदै आएका ५४ बर्षिय रामेश्वर चौधरी रिक्सा थन्काएर संसारी माईस्थानको चौतारीको छहारीमा शितल कटाईरहेका थिए ।
विराटनगर ८ ईश्वर बचत सहकारीका बजार व्यावस्थापक लक्ष्मण चौलागाई पनि त्यही चौतारीको छहारीमा भेटिए । ‘हैट यस्तो पनि गर्मी हुन्छ..।’ ‘अबको दुई दिन सम्म यस्तै गर्मी भयो भने मान्छे मर्न वेहोस भएर मर्न वेर लाउदैनन् ।’ उनी भन्दै थिए यस्तो गर्मी त मैले थाहा पाए सम्म आज नै हो यति धेरै गर्मी महशुस गरेको । मोटरसाईकलमा हिड्दा पनि रोडको तातोले खुट्टा पोलेर हैरान भईसक्यो ।
विराटनगरमा २ दिन देखि अत्याधिक चर्को घाम लागेका सर्वसाधरणको जनजीवन कष्टकर बनेको छ । चर्को घामसँगै चिसो हावा नचलेका कारण झनै समस्या हुन थालेको छ ।
२ दिन यता अत्याधीक गर्मी र भएका कारण दिउसो र रातको समयमा सुत्न झनै ग्राहे भएको सर्वसाधरणको भनाई छ । विराटनगरमा हिजो ३७ डिग्री सेलसियस तापक्रक रहेको थियो आज ३८ सम्म पुगेको मौसम पुर्वानुमान शाखाले जनाएको छ । विहान ५ बजे नै झुल्कने घामले गर्दा मध्यान्न सम्म आईपुग्दा झनै ग्राहो हुने गरेको छ । अत्याधिक चर्को घामका कारण विशेष गरी रिक्शा चलाउने मजदुरी र दैनिकी काम गर्ने मजदुरीलाई समस्या भएको छ । अत्याधिक गर्मीका कारण स्कुले बालबालिकालाई पनि समस्या परेको छ । टिनको छाना मुनी बसेर पढ्ने विद्यार्थीहरु पनि समस्यामा परेको स्कुलहरुले जनाएको छन् ।
बढ्दो गर्मीकै कारण विभिन्न रोगको सङ्क्रमण बढ्ने सम्भावाना त्यतिकै मात्रमा रहेको छ । । गर्मी अत्यधिक बढेपछि बजारमा चहलपहल पनि निकै घटेको छ । गर्मीका कारण अत्यावश्यक कामबाहेक सर्वसाधारण बाहिर निस्कने गरेका छैनन् । सहर तथा चोकमा दिउँसो चहलपहल घटेको छ । गर्मीले विशेष गरी मजदुरी गरी खाने वर्ग बढी समस्यामा परेको छ । साना बालबालिका तथा वृद्धवृद्धालाई गर्मीले बढी असर गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्