विराटनगरको एसएसएस पानी उद्योगमा सिलवन्दी, एउटा उद्योग बाहेक अन्य मापदण्ड बाहिर

विराटनगरको एसएसएस पानी उद्योगमा सिलवन्दी, एउटा उद्योग बाहेक अन्य मापदण्ड बाहिर

विराटनगर, ५ साउन ।
विराटनगरमा संचालित पानी उद्योगहरु मापदण्ड विपरित रहेको पाईएको छ । प्रदेश १ को सामाजिक विकास मन्त्रालयको नेतृत्वको टोलीले विराटनगरका बिभिन्न पानी उद्योगको अनुगमनको क्रममा मापदण्ड विपरित उद्योग संचालन गरेको पाईएको हो । टोलीले शुक्रबार विराटनगरको पाँचवटा पानी उद्योगमा अनुगमनको गरेको हो । मन्त्रालयको नेतृत्वमा निस्किको अनुगमन टोलीले खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयबाट खाद्य अनुज्ञापत्र र मापदण्ड समेत पुरा नगरेको विराटनगरको कोचाखालमा सञ्चालित एस.एस.एस. जल उद्योगमा शिलबन्दी गरेको छ।
चार वर्षदेखी अनुज्ञापत्र र मापदण्ड समेत पुरा नगरेको पाइएपछि अनुगमन टोलीले उक्त उद्योगमा शिलबन्दी गरेको असामाजिक विकास मन्त्रालयका उपसचिब गोपीप्रसाद घिमिरेले बताए । एस.एस.एस. जल उद्योगले खाद्यले तोकेको मापदण्ड पुरा नगरेसम्म र अनुज्ञा पत्र नलिएसम्म उक्त उद्योग शिलबन्दी हुने उनले बताए ।
मन्त्रालयको नेतृत्वमा निस्किएको टोलीले विराटनगर – ५ बिशाल चौकमा रहेको शान्ति जल, गंगा यामुना जल उद्योग, गुडलक पानी उद्योग र विराटनगर ५ मा रहेको ग्रेड डे पानी उद्योगमा अनुगमन गरेको थियो । अनुगमन गरिएको मध्ये शान्ति जल उद्योगले मात्र खाद्यले तोकेको मापदण्ड पुरा गरेको पाइएको छ भने अन्य तीन वटा उद्योगले समेत खाद्यले तोकेको पुरै मापदण्ड पुरा नगरेको पाईएको उपसचिव घिमिरेले बताए । मन्त्रालयको नेतृत्वमा निस्किएको अनुगमन टोलीमा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, जिल्ला प्रशासन कार्यालय, उपभोक्तावासी संघसंस्था र सञ्चारकर्मीको उपस्थिति थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्