बुढीगंगा पाउँपालिकाको कृषिको बजेट दुरुपायोग

बुढीगंगा पाउँपालिकाको कृषिको बजेट दुरुपायोग

विराटनगर, ६ साउन ।
मोरङको बुढीगंगा गाउँपालिकाका भित्रको कृषि शिर्षकको बजेट दुरुपयोग भएको छ । च्याउ खेती गर्ने किसानहरुको लागि प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाबाट आएको कृषि क्षेत्रको बजेट दुरुपयोग भएको आरोप लागेको हो । किसानहरुको लागि किटान गरेर आएको बजेट गाउँपालिकाकाले अन्यत्र खर्च गरेर किसानलाई ब्यवास्ता गरेको किसानले आरोप लगाएका छन् । गाउँपालिकामा च्याउ खेती गर्ने किसानहरुले किसानहरुकै लागि आएको रकमममा दुरुपयोग भएको भन्दै आपत्ती जनाएका हुन् । बुढीगंगा ७ मा रहेको नेपाल च्याउ उद्योगका संचालक सरोज नेपालले सरकारबाट किसानका लागि आएको रकमममा दुरुपयोग भएको आरोप लगाए । किसानलाई अनुदानमा दिईनु पर्ने रकममा समेत मनपरी रुपमा खर्च गरिनु किसानको लागि गम्भीर बिषय भएको उनको आरोप छ । च्याउनको बिउ उत्पादनमा सहयोग नगरेको, किसानलाई आबस्यक पनेृ तालिम तथा च्याउ प्रशोधनको बारेमा समेत किसानलाई जानकारी नदिईने गरेको किसानको गुनासो छ। किसानहरुलाई उच्चस्तरिय तालिम दिईनु पर्ने, च्याउलाई प्रशोधन गर्ने वास्तविक किसानलाईै सहुलियत ब्याजमा ऋण उपलब्ध गराउनु पर्ने लगायतका माग च्याउ किसानको छ ।
च्याउ किसान बिष्णु बहादुर मगरले किसानलाई गाउँपालिकाले सहयोग गरेमा च्याउ खेतीमा लाग्न प्रोत्साहन हुने र भारतीय बजारबाट आउने तरकारी रोकिने बताए । गाउँपालिाक कृषि विकास शाखाले भने ५ वटा फर्मलाई ३ लाख ५० हजार  अनुदान वितरण गरिएको जनाएको छ ।

नेपाल च्याउ उद्योगलाई २ लाख, श्रृष्टी कृषि फर्मलाई २५ हजार, ह्याप्पी फेमिली बचत तथा ऋण सहकारीलाई २५ हजार, अगुवा कृषक कृषि यान्त्रीकरण सहकारीलाई ५० हजार र मदनपुर बहुउद्देश्यीय कृषि फर्मलाई ५० हजार बितरण गरिएको गाउँपालिकाले जनाएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना बाहेकका कृषिका बजेट गाउँपालिकाका अध्यक्ष बालचन्द माझीले एकलौटी आफ्ना कार्यकर्तालाई मात्र दिने गरेको र वास्तविक किसानहरुले अनुदान, बिउ विजन तथा सहयोग नपाएको गुनासो ब्यपक बढेको छ । गाउँपालिकाका अध्यक्षको मनोपोली बढ्दै गर्एको किसानको गुनासो छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्