मोरङ काँग्रेसको पार्टीलाई क्रियाशिल बनाउन यस्तो योजना

<span class='c1'>मोरङ काँग्रेसको पार्टीलाई क्रियाशिल</span> <span class='c2'>बनाउन यस्तो योजना</span>

विराटनगर, ६ साउन ।
नेपाली काँग्रेस मोरङले सरकारविरुद्ध खरो रुपमा प्रस्तुत हुने जनाएको छ । पार्टीको रणनीति तथा आगमी कार्यदिशाको विषयमा जिल्लाका सत्रवटै स्थानीय तहमा प्रशिक्षण चलाउनेदेखि लोकतान्त्रिक फोरमका नेता कार्यकर्तालाई समेट्न कार्यसम्पादन समिति गठन गर्ने निर्णयसमेत गरेको छ । पार्टीको जिल्ला कार्यसमितिको बैठकले स्थानीय तहबाट माग भई आएअनुसार प्रशिक्षणलाई अझ प्रभावकारी रुपमा सञ्चालन गर्ने तयारी गरेको हो ।
प्रमुख विपक्षीको रुपमा रहेको काँग्रेसले पार्टी संगठन सुदृढीकरणमा ध्यान दिन प्रशिक्षण चलाउनेदेखि सरकारको विरोधमा पार्टीले गर्ने सशक्त आन्दोलनमा मोरङको सहभागिता लगायत विषयमा निर्णय गरेको हो । पार्टी सचिव मोदराज घिमिरेले भने,‘सरकारविरुद्ध केन्द्रले तय गरेको साउन १५ को विरोध सभामा हाम्रो व्यापक सहभागिता हुँदैछ ।’

[caption id="attachment_59646" align="alignnone" width="696"] ????????????????????????????????????[/caption]

घिमिरेका अनुसार आइतबार विपी स्मृति दिवस बिहान ८ बजे पार्टी कार्यालयमा, क्षेत्र नम्बर १ को लेटांगमा १२ बजे, विपी सेवा केन्द्र डायनिया १ बजे बृहत उपस्थितिसाथ मनाइने निर्णय भएको बताए । भने,‘पहिलो चरणमा सत्र तहमा प्रशिक्षणपछि माग भएकोले भदौ दोस्रोबाट सुरु गर्दैछौं ।’ क्रियाशील कार्ड वितरण गर्न विरण अध्यावधिक भई आएका गाउँ एवं नगरमा कार्ड वितरण गर्ने र अध्यावधिक हुन बाँकीको पनि गराउने तयारी भएको छ । केपी ओली नेतृत्व सरकारको निर्णयको विरोधमा श्रावण १५ देखि हुने विरोध सभामा वृहत उपस्थिति गराउन केन्द्रीय प्रतिनिधि अनुरोध गर्ने, भातृसंगठन, प्राध्यापक, वकिल, इन्जिनियर, चिकित्सकसँग समन्वय गर्ने पनि बैठकले निर्णय गरेको छ ।
यसैगरी पूर्वलोकतान्त्रिक फोरमका नेता, कार्यकर्ता र पदाधिकारीसमेत समावेश गरी कार्यसम्पादन समिति गठन गर्न सभापतिलाई अधिकार प्रत्यायोजन गर्ने काँग्रेसले निर्णय गरेको छ । काठमाडौमा भएको नेपाल तरुण दलका सभापति जीतजंग बस्नेत, उपाध्यक्ष उत्तम चापागाईंलगायत माथि भएको धरपडकको भत्र्सनासमेत गरिएको छ । पार्टीका जिल्ला सभापति डिगबहादुर लिम्बूको सभापतित्वमा भएको बेठकमा केन्द्रीय सदस्य डा. डिला संग्रौला पनि उपस्थित थिइन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्