विराटनगरमा तरुण दल मोरङको टोली माथि प्रहरी हस्तक्षेप

विराटनगरमा तरुण दल मोरङको टोली माथि प्रहरी हस्तक्षेप

विराटनगर, ६ असार । काठमाडौंमा तरुण दलको प्रदर्शनमा भएको प्रहरी दमनका विरुद्ध ज्ञापनपत्र बुझाउन जिल्ला प्रशासन कार्यालय मोरङ पुगेको तरुण दल मोरङको टोली माथि प्रहरीले हस्तक्षेप गरेको छ ।
नारा जुलुससहित तरुण दल मोरङका अध्यक्ष सञ्जय थापा प्रभाकरको नेतृत्वमा पुगेको टोलीलाई प्रहरीले ज्ञापनपत्र बुझाउन प्रशासन कार्यालय छिर्न रोक लगाएको थियो ।
‘तरुण दलका कार्यकर्ता माथि प्रहरीले बलसमेत प्रयोग गरेको छ । ‘तरुण दलको शान्तिपूर्ण प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको छ, तरुण दलका मनिस तिम्सिनाले भने, ‘अब तरुण दल चुप लागेर बस्दैन सरकारले अति गर्यो ।’
काठमाडौैंमा भएको प्रदर्शनमा प्रहरीको कुटपिटबाट तरुण दलका केन्द्रीय अध्यक्ष जीतजंग बस्नेत, मोरङ सचिव अनुरोध साह लगायत चार दर्जनभन्दा बढी नेता कार्यकर्ता घाइते भएको तरुण दलको आरोप छ । घटनाको विरोधमा जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाउन तरुण दल पुगेको थियो । सोही बेला प्रहरीले रोक लगाउन खोज्दा झडप भएको तिम्सीनाले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्