विराटनगरमा छैन बजार अनुगमन, पिउने पानीमा किरा, सरकारी निकाय रमिते (भिडियो रिर्पोट )

विराटनगरमा छैन बजार अनुगमन, पिउने पानीमा किरा, सरकारी निकाय रमिते (भिडियो रिर्पोट )

प्रेम देवान/विराटनर,६ साउन ।
बजारमा पछिल्लो समय उपभोग्य सामानको सम्बन्धित निकायकाले बजार अनुगमन ध्यान नदिँदा अखाद्य र म्याद गुज्रिएका सामाग्री भेटिने क्रम बढ्नै जान थालेको छ । अखाद्य, मिसावट भएका तथा म्याद गुज्रिएका दैनिक उपभोग्य वस्तुको खुलेयाम बिक्री बितरण हुँदा पनि स्थानीय प्रशासन भने मौन देखिएको छ ।
केहि दिन अगाडी विराटनगर ८ जलजला चोकमा रहेको विक्की चिया पसलमा म्याद गुज्रेको पेय पदार्थ भेटिएको थियो । विक्की चिया पसलमा वोटलर्स नेपालले उत्पादन गर्ने पेय पर्दाथ म्याद गुज्रेका भेटिएका थिए । त्यस लगत्यै विराटनगर १० वंगला मुखी नजिकै रहेको एक किराना पसलमा म्याद गुज्रको ग्लुकोज डि भेटिएको छ । २०१६ मा बनेको उक्त सामान २०१८ लागि सक्दा पनि पसलबाट वितरण गरिएको पाईएको छ ।
त्यस्तै विराटनगरका ११ का केदार निरौलाले घरमा किनेर ल्याएको खानेपानीको जारमा किरा भेटिएको छ । उनले खरिद गरि ल्याएको पानीको जारमा जिउँदो लामखुट्टेको लार्भा भेटिएको थियोे । विराटनगरका ६ मा करिब ३ महिना अघि संचालनमा आएको धनवन्तरी निर पानी उद्योगमा पनि एक सिमीमको किरा फेला परेको थियो । उद्योगका संचालक रजीत साहले भने उद्योगमा त्यस्तो कमजोरी नभएको दावी गरे । 
वजार अनुगमनको जिम्मेवारी रहेको जिल्ला प्रशासन कार्यालय, वाणिज्य विभाग, उपभोत्ता समिती, नापतौल कार्यलयले, क्षेत्रीय खाद्य प्रबिधि तथा गुण नियन्त्रण कार्यालय लगायतका राज्यका निकायहरु अहिलेसम्म बजार अनुगमनमा देखिएका छैनन् । जिल्ला प्रशासन कार्यलय मोरङका सहायक प्रमुख जिल्ला अधिकारी उमेश पण्डेले अनुगमनको कामलाई अगाडी लिएर गएको बताए । मिडियालाई लिएर गयो भने व्यापारीहरु अगाडी नै सचेत हुने भएकाले बजार अनुगमन गर्ने निकायसँग मिलेर बेला बेला बजार अनुगमनलाई निरन्तरता दिएको उनको भनाई छ ।
आखिर जे होस बजार अनुगमन भनेकाबाह्रै महिना गरिनुपर्छ । आम उपभोक्ताको स्वास्थ्यमा खेलवाड गर्नेलाई कार्वाही गरिनु पर्छ । बर्षमा एक पटक मात्र गरिने बजार अनुगमनले बजारमा हुने काला धन्दालाई नियन्त्रण गर्न भन्दा पनि थप मलजल गर्ने उपभोक्तावादी संस्थाको निश्कर्ष छ । यसबारे सम्वन्धित निकायले समय मै ध्यान दिए आम सर्वसाधरण कालोधन्दाबाट जोगिने थिए ।

https://www.youtube.com/watch?v=CjGBoTsazXg&t=19s

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्