कांग्रेसद्धारा प्रदेश १ को संसद बैठक अबरुद्ध

कांग्रेसद्धारा प्रदेश १ को संसद बैठक अबरुद्ध

विराटनगर, ६ साउन ।
विगत २३ दिन देखि अनसनरत डाक्टर गोविन्द केसीले उठाएका मागलाई सम्वोधन गर्नु पर्ने भन्दै आइतबार प्रदेश १ को बैठक प्रतिपक्ष दल नेपाली कांग्रेसले अवरुद्ध गरेको छ । सभामुख प्रदिप कुमार भण्डारीले सदनको कार्वाही अगाडी बढाए लगतै प्रतिपक्षदल नेपाली काग्रेसका संसदहरु यथास्थानमा उभिएर सदन अवरोध गरेको थिए । सभामुख भण्डारीले ‘माननिय सादस्यहरु आफ्नो स्थानमा आसन ग्रहण गर्नुस’ भन्दै पटक–पटक सांसदलाई भनेपनि सांसदहरु बसेनन् । त्यसपछि सभामुखले सत्ता पक्ष र प्रतिपक्ष दुबै तर्फका सांसदलाई बोल्ने समय दिएका थिए ।
सभामुख भण्डारीले दिएको समयमा प्रतिपक्षी दल नेपाली काग्रेसका सांसद लोकप्रसाद संग्रौलाले डाक्टर गोविन्द केसीको मागलाई जबसम्म उचित ढङगबाट सम्बोधन हुदैन तबसम्म सदन अवरोध गर्ने निर्णय गरिएको बताए । उनले मुलुक संयमता पुर्वक मध्यम मार्गिय बाटो जान्छ भन्ने विश्वास गरिएकोमा सरकारको दुइ तिहाइको दम्भको कारण साना मसिना कुराबाटै कलहको विउ रोपिएको जिकिर गरे ।
एउटा गोविन्द केसीको कारण दुइतिहाइको सरकारको अपमान नगराउन समेत सचेत गराए । एउटा मान्छेले अन्सन गरेर देशको निति र विचारमा परिवर्तन आउँदैन भन्ने सोचले जुम्लामा दमन गरिएको जिकिर गरे ।
जुम्लामा मच्चाएको आतताइ माओबादी युद्धको झल्को दिने खालको भएको उनको ठहर थियो । उनले सदन मार्फन भने ‘एउटा मानिसले परिवर्तन ल्याउन छ ।’ उनले एउटा मानिसकै प्रयासले देशलाई सहि दिशा प्रदर्शन गर्न सक्ने भन्दै एउटै मानिसले संसारमा धेरै परिवर्तन ल्याएको बताए ।उनले छिमेकी मुलुक भारतको उदाहरण पेस गरेका थिए । उनले २०७२ सालको माथेमा प्रतिवेदनले नेपालको शिक्षा क्षेत्रको बेथितिलाई चिर्दै नयाँ दिशा प्रदान गरेको सदनलाई स्मरण गराए ।
सत्ता पक्षका सांसदलाई दिएको समयमा बुद्धिकुमार राजभण्डारीले अघिल्ला सरकारहरु हैकम बादकै कारण ढलेकोे स्विकारेका थिए । उनले प्रदेशबाट डा.गोविन्द केसीको माग सम्बोधन सम्भव नभएकोले सदनलाई पूर्ववत चल्न दिनु उपयुक्त हुने जिकिर गरे । उनले डा केसीको माग सम्बोधन अहिले कै सरकारले गर्नु पर्ने बाध्यता किन आयो ? विगतका सरकारहरुले किन सम्बोधन गरेनन ? भनेर प्रश्न उठाएका थिए । उनले आफ्नो सम्बोधनको क्रममा पटक पटक प्रतिपक्षका सांसदलाई चल्न दिन आग्रह गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्