डा. गोविन्द केसीको अनसनको आज २४ औ दिन , अहिलेसम्म कै लामो अनसन

<span class='c1'>डा. गोविन्द केसीको अनसनको आज २४ औ</span> <span class='c2'>दिन , अहिलेसम्म कै लामो अनसन</span>

बिराटनगर साउन ७ , चिकित्सा शिक्षा सुधारको माग राख्दै डा. गोविन्द केसी आमरण अनसनमा छन् । उनको अनसनको आज २४ औ दिन हो ।

हाल गठित वार्ता टोलीसित समेत डा. केसी पक्षले वार्ता गर्न इन्कार गरेका छन् । जसका कारण डा. केसीको यो अनसन थप लम्बिने देखिएको छ ।  यो अनशन अहिलेसम्मकै लामो भएकाे छ ।

सरकारले केही दिनलाई संसद् स्थगित गरेर सकारात्मक संकेत दिए पनि संसदमा पेश भएको चिकित्सा स्वास्थ्य विधेयक फिर्ता लिने संकेत दिएको छैन ।

विधेयक फिर्ता हुनुपर्ने माग राख्दै अनरन बसेका डा. केसीले गत असार १६ गते जुम्लाबाट आफ्नो अनसन सुरु गरेका थिए । उनले संसदमा पेश गरिएको चिकित्सा शिक्षा विधेयक संसदबाट फिर्ता हुनुपर्ने माग राख्दै अनसन बसेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्