विराटनगरको सडक बनाउन जन दवाव, बलभद्र चोकका व्यापारीद्धारा चक्काजाम

<span class='c1'>विराटनगरको सडक  बनाउन जन</span> <span class='c2'>दवाव, बलभद्र चोकका व्यापारीद्धारा चक्काजाम</span>

विराटनगर, ७ साउन । ठेकेदार कम्पनीले समयममा नै काम नगरेको भन्दै विराटनगर ५ विराट नर्सिङहोम अगाडीको बलभद्र चोकका स्थानिय व्यापारीहरुले बिरोध जनाएका छन् । लामो समयदेखि धुलो, हिलो र खाल्डाखुल्डीका कारण वाक्क भएका स्थानिय व्यापारीहरुले विरोध जनाउँदै हातमा प्लेकार्ड लिएर विच सडक मै उभिएर विरोध जनाएका हुन । व्यापारीहरुले आ–आफ्नो पसल अगाडी रहेको बाटो र नाला चाँडो बनाउन दबाब दिँदै एक घण्टा विरोध जनाएको स्थानीय व्यपारी नविन खनालले जानकारी दिए । उनीहरुले धरान–विराटनगर चल्ने सवारी साधनलाई १० मिनेट जक्का जाम गरेका थिए ।
धुलाम्मे बाटोको कारण ग्राहक नआएर पसलको सटर भाडा समेत अन्यत्रबाट ऋण लिएर तिर्नुपर्ने अवस्था आएको, स्वास्थ्यमा गम्भिर असर पुगेको । दैनिक कार्य गर्न कष्टकर अवस्था आएको व्यापारी खनालले दुखेसो पोखे ।
उनीहरुले यस अघि पनि सडक विभाग र महानगरपलिकालाई दवाव स्वरुप विरोध जनाएको थिए । यसैविच भोली पुनः महानगरपालिकालाई ज्ञापन पत्र बुझाउन जाने भएका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्