फोहोर ब्यवस्थापनमा सहयोग नगरे विराटनगरका युवाले फोहोर उपहार पठाउने

<span class='c1'>फोहोर ब्यवस्थापनमा सहयोग नगरे विराटनगरका</span> <span class='c2'>युवाले फोहोर उपहार पठाउने</span>

विराटनगर, ७ साउन ।
परिवर्तनका लागि हातेमालोको २९ औ हप्तामा युवाहरुले बिराटनगरको सन्सारी माईस्थान तथा भानु कला केन्द्रको सरसफाई गर्दासम्म युवामा जोश सँगै आक्रोश देखिन थालेको छ । विगत २८ औ हप्ता देखि म बदलिन्छु अनि मेरो देश बदलिन्छ भन्ने मुल नाराका साथ शुरु गरिएको सरसफाई अभियानको २९ औ हप्ता पुरा हुँदा पुराना ठाउँ उस्तै फोहोर हुन थालेपछि केही उर्जासँगै केही आक्रोश थपिएको हो । सरसफाई अभियानको क्रममा हातेमालोले बिभिन्न स्थानमा सामाजिक संघ संस्था तथा महानगरपालिका लयायतसँगको सहकार्यमा यो अभियान संचालन गर्दै आएको छ ।
तर सरसफाईको अभियानमा केही बेर सहयोग गरेका संघ संस्था र महानगरपालिकाले अनुगमन नगरिदिँदा निराशा उत्पन्न भएको हातेमालेका अध्यक्ष विनोद परियारले बताए । विराटनगरलाई सफा सुन्दर र माक्स रहित बनाउनलाई युवा रुपमा अघि बढेको युवाहरु बताउँछन् । हामीले सम्वन्धित निकायलाई जानकारी होस र सिस्टम चेन्ज होस भनि साधरण रुपमा योे अभियानलाई प्राथमिकतामा राखिएको युवा अभियन्ता परियारले बताए ।
सरसफाई गरिएका स्थानहरुमा फेरी फोहोर हुँदै गएपछि हातेमालो अभियानका युवाहरु आक्रोशित भएका छन् । सरसफाई नगरेपनि सरसफाई गरिएको स्थलमा सरकारी पक्षमा नियमित अनुगमन गरिदिए मात्र पनि बिराटनगरलाई सफा र सुन्दर बनाउन सकिने उनीहरुको भनाई छ। पटक पटक यस बारेमा सम्बिन्धत निकायलाई जानकारी गराई सकिएको भएपनि सम्बन्धित पक्षले अनुगमन नगरेको तथा चासो नदिएको भन्दै उनीहरु आक्रोशित भएका छन् । यस्तै अबस्था रहे चुप लागेर नस्ने समेत चेतावनी दिँदै सम्बन्धित निकायलाई फोहोर उपहार पठाउन बाध्य हुने उनीहरुको भनाई छ । संस्थाका सचिव तुलसी घिमिरेले सरसफाई गर्न पनि नचाहने अनी सरसफाई गरिएका स्थानहरुमा पनि फोहोर पारेर फेरी प्रदुषण बढाउने काम भएको बताउँदै यस्तै अबस्था रहे अब सम्बन्धित निकायलाई नै फोहोर पोको पारेर उपहार पठाउन बाध्य हुने उनले चेतावनी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्