विराटनगरबाट प्रहरीको व्याण्ड बाजा सहित यसरी निस्कियो बोलबम यात्रा (भिडियो सहित)

<span class='c1'>विराटनगरबाट प्रहरीको व्याण्ड बाजा सहित यसरी</span> <span class='c2'>निस्कियो बोलबम यात्रा (भिडियो  सहित)</span>

प्रेम देवान
विराटनगर, ७ साउन ।
साउनको पहिलो सोमबार, आज देशैभरका विभिन्न शिव मन्दिरहरुमा जल चढाई शिव भगवानको पूजाअर्चना गर्नेको भिड लागेको छ । विशेष गरी काठमाडौंको पशुपतिनाथ मन्दिरमा विशेष पूजा आराधना गर्ने गरिन्छ । त्यति मात्र हैन हरेक शिव मन्दिरहरुमा भक्तजनको भिड लागेको थियो । साउन महिनामा शिवलाई शुद्ध जल चढाए मनोआकांक्षा पूरा हुने धार्मिक विश्वास रहेको छ । साथै सोमबार व्रत वस्नाले शिवको आराधना गर्नाले अटल सौभाग्य प्राप्ति हुने जनविश्वास रही आएको छ ।
बाजागाजा सहित
विराटनगर १५ र १६ विचको भट्टीमोडमा रहेको श्री नर्मदेश्वर मन्दिरमा पहिलो पटक फरक तरिकाले शिव भगवानलई जर्लापर्ण गरिएको छ । नर्मदेश्वर महादेव मन्दिर समितीले ९० बर्ष पुरानो मन्दिरलाई व्यावस्थित रुपले अगाडी बढाउन यसपटक फरक र भिन्न तरिकाले मन्दिरमा जल अर्पण गरिएको हो ।
स्थानीय युवा मिलन थापाको नेतृत्वमा सोमबार मन्दिर देखि करिब ३ किलोमिटर टाढा रहेको केशल्या नदिबाट जलल्याई मन्दिरमा रहेको शिव भगवानलाई चढाएका छन् । विराटनगरको रघुपति, बर्माटोल, नयावस्ती , पञ्चवती चोक , दक्षिणगेटका श्रदालुहरुको बाक्लो उपस्थितमा बाजागाजा सहित जल चढाईएको थियो । प्रहरीको व्याण्ड वाजा र डिजे सहित केशल्या नदीमा जल लिन निस्किएको बोलबम यात्रामा वडा नम्बर १५ का वडा अध्यक्ष अस्लम आलम, ईलाका प्रहरी कार्यलय रानीका प्रहरी निरीक्षक सन्तोष निरौला, तरुण दल मोरङका कोषध्यक्ष लगायत मिल्स एरीयाका बुद्धिजिवीहरुको बाक्लो उपस्थित रहेको थियो । बोलबम यात्रामा सबै श्रदालु भक्तजनहरु बोलबमको वस्त्रमा सझिएर जल लिन नदिमा पुगेका थिए । केशल्या नदीमा पुगेर पुजापाठ गरि जल ल्याएर पुन मन्दिरमा अर्पण गरेका थिए ।
सूर्य मिथुन राशिबाट कर्कट राशिमा प्रवेश गरी दक्षिणायन शुरु भएको महिना साउन भगवान् शिवको प्रिय महिना मानिन्छ । भगवान् शिवको प्रिय महिना साउन र बार सोमबार भएकाले यस दिन व्रत गरी पूजाआजा गर्ने एवं नदी, ताल, तलाउलगायत पवित्र तीर्थस्थलबाट जल ल्याएर चढाउने परम्परा छ । यो वर्ष साउनमा ४ वटा सोमबार परेका छ ।

भिडियो यस्तो छ ।

https://www.youtube.com/watch?v=o9f1gLZrf-Q

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्