आजबाट देशैभरका चिकित्सक अनशन बस्ने, आकस्मिक बाहेकका सम्पूर्ण सेवा बन्द गर्ने

<span class='c1'>आजबाट देशैभरका चिकित्सक अनशन बस्ने, आकस्मिक</span> <span class='c2'>बाहेकका सम्पूर्ण सेवा बन्द गर्ने</span>

काठमाडौं । नेपाल चिकित्सक संघले प्रा. डा. गोविन्द केसीको  मागप्रति सरकार गम्भीर नभएको भन्दै मंगलबारबाट आकस्मिक बाहेकका सम्पूर्ण सेवा बन्द गर्ने जनाएको छ ।  संघले सोमबार विज्ञप्ति जारी गर्दै देशैभरका अस्पतालहरुका चिकित्सकहरुले आ–आफ्नो अस्पतालमा रिले अनशन र्याली, धर्ना लगायतका विरोधका कार्यक्रमहरु गर्न निर्देशन दिएको छ ।

संघका अध्यक्ष डा. मुक्तिराम श्रेष्ठले डा. केसीको मागमा सरकार गम्भीर नभएकाले अब देशैभरका अस्पताल, नर्सिङ होम, स्वास्थ्य संस्थाका सम्पूर्ण कर्मचारी चिकित्सकहरुले आकस्मिक बाहेकको सेवा ठप्प पारेर रिले अनशन बस्ने बताए ।

उनले भने, “काठमाडौं उपत्यकाको हकमा भोलिबाट नेपाल चिकित्सक संघका पदाधिकारीसहित सम्पूर्ण चिकित्सकहरु बसन्तपुर डबलीमा उपस्थित भई विहान १० बजेदेखि बेलुका ५ बजेसम्म अनसन बस्नेछौं ।”

संघका महासचिव लोचन कार्कीले देशभरका चिकित्सकहरुले आफू कार्यरत स्वास्थ्य संस्थाको नियमित ओपिडी टिकट, रसिद, बिल बहिष्कार गर्ने  बताए । उनले भने, “बिरामीको स्वास्थ्यलाई असर नपर्ने गरी वैकल्पिक उपायद्वारा ओपिडी सेवा संचालन गरिनेछ ।”

त्यसैगरी, रेजिडेन्ट चिकित्सकहरु सोमबार नै आकस्मिक बाहेकका सेवा बन्द गरी आन्दोलनमा उत्रेका छन् । संघले रेजिडेन्ट चिकित्सकहरुले गरेको आन्दोलनमा ऐक्यवद्धता जाहेर गरेको संघले जनाएको छ ।

वीर अस्पताल र त्रिवि शिक्षण अस्पतालमा कार्यरत वरिष्ठ चिकित्सकहरुले डा.गोविन्द केसीको मागप्रति सरकार अझै पनि गम्भीर नभएको भन्दै आकस्मिक र आईसीयू बाहेकको सेवा बन्द गरिएको रेजिडेन्ट चिकित्सक एशोसिएशनका अध्यक्ष  डा. सुमित  पाण्डेले बताए ।
डा. केसीको मागमा सरकार संवेदनशील नदेखिएले थप दबाब दिन सेवा बन्दको घोषणा गर्नुपरेको एशोसिएशनका अध्यक्ष  डा. पाण्डेले  बताए ।

चिकित्सा क्षेत्रको सुधारको माग राखी असार १६ गते देखि अनशनरत नेपाल चिकित्सक संघका आजीवन सदस्य प्रा. डा. गोविन्द के.सीको जीवन रक्षाका लागि नेपाल सरकारले २४ औं दिन बितिसक्दा पनि गम्भिरता प्रकट नगरिएको हुनाले डा. के.सी. को जीवन दिनप्रतिदिन जोखिम अवस्थामा गईरहेको नेपाल चिकित्सक संघको विज्ञप्तिमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्