बिराटनगर, ८ साउन । बिराटनगरस्थित भारतीय क्याम्प अर्को सातादेखि बन्द हुने भएको छ । मंगलबार एक बिज्ञप्ति जारी गरी भारतीय दूतावासले अर्को सातादेखि उक्त कार्यालयबाट दिइदै आएको सबै सेवा बन्द गर्ने जनाएको छ ।भारतीय दुतावासको बिज्ञप्ति अनुसार बिराटनगरस्थित क्याम्पबाट दिइदै आएको सबै सेवाहरु आउदो साउन १६ (अगष्ट १) गतेदेखि बन्द गरिने छ ।