विराटनगरका किसान धान रोप्न ब्यस्त, पूर्वमा ६५ प्रतिशत मात्र रोपाई (भिडियो सहित)

<span class='c1'>विराटनगरका किसान धान रोप्न ब्यस्त, पूर्वमा</span> <span class='c2'>६५ प्रतिशत मात्र रोपाई (भिडियो सहित)</span>

प्रेम देवान
विराटनगर, ८ साउन । विराटनगर १२ रानी सिकीयाई की ६० बर्षिया गंगादेवि यादव मंगलबार सखारै खेतमा धानको विउ काढ्न ब्यस्त थिईन् । उनी निक्कै हतारोमा देखिन्थिन् । उनका छिमेकी रामजी विश्वास पनि उनका छोरासंगै दुई हल गोरु लिएर खेतमा विहानैदेखि धमाधम धान रोप्न र हिल्याउनमा ब्यस्त थिए । उनीहरु साउनको पहिलो हप्तामा यसरी हतारिनुको एउटै कारण थियो, गएरातीदेखि परेको अविरल बर्षा । हो पक्कै पनि यतिबेला किसानलाई पानीको कारण राहत दिएको छ । लामो समयदेखी पानी नपरेका कारण किसानीहरुले धान रोप्न पाएका थिएनन । तर अचानक गएराती देखी परेको अविरल बर्षाका कारण तराईका किसानहरुले राहतको महसुस गरेका छन् । करिब एक विगाहा जग्गामा रहेको खेत रोप्नकालागि रामजी विश्वास आफ्ना छोरासँग धान खोप्ने तयारीमा थिए । लामो समय देखि बाँझो र सुख्खा रहेको खेतमा राती परेको आकाशे पानीका कारण खेतका गह्राहरु भरिएका थिए । रामजीको खेत रोप्न र विउ काढ्न खेतलालाई भ्याई नभ्याई थियो । धान रोप्न खेताला पाउनै मुस्किल हुने गरेको गुनासो आईरहेको बेला विराटनगरको दरैयाबाट आएका महिलाहरुले दैनिकी ३५० रुपैया पाउने गरी धान रोप्दै थिए ।
अहिले रोपाई गर्न पानी पर्खिएर बसेका किसान मात्र हैनन्, रोपाइँ सकेर बसेका किसानलाई पनि मनसुनी बर्षा खुसी बनाएको छ। किसान कृष्ण यादवले भने, ‘गएरातीपरेको अविरल बर्षाले हामी किसानीलाई केही भएपनि राहत मिलेको छ।’
क्षेत्रिय कृषि निर्देशानलय विराटनगरका वरिष्ठ कृषि प्रसार अधिकृत राजेन्द्र उप्रेतीका अनुसार पूर्वमा साउनको पहिलो सातासम्म ६५ दशमलव ३७ प्रतिशत रोपाई भईसकेको छ । मोरङमा भने ६८ हजार हेक्टर खेतियोग्य जमिन मध्ये ५१ हजार ९ सय हेक्टर जमिनमा धान रोपाई भईसकेको उनले जानकारी दिए । यसलाई आधारमान्दा मोरङ जिल्लामा ६६ दशमलव ५ प्रतिशत रोपाई सकिएको छ भने बाँझो खेतमा धान रोपाई जारी रहेको उप्रेतीले बताए ।

https://www.facebook.com/ourbrt/videos/2197910467110839/

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्