एसिया कप क्रिकेट प्रतियोगितामा नेपालले खेल्ने सम्भावना उच्च

<span class='c1'>एसिया कप क्रिकेट प्रतियोगितामा</span> <span class='c2'>नेपालले खेल्ने सम्भावना उच्च</span>

एजेन्सी । एसिया कप क्रिकेट प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ । एसियन क्रिकेट काउन्सिलले सोमबार खेल तालिका सार्वजनिक गरेको हो । सेप्टेम्बर १५ तारिखदेखि २८ तारिखसम्म युएईमा एसियन कप क्रिकेट हुँदैछ । समूह ए मा पाकिस्तान भारत एसिया कप छनोट प्रतियोगिताको विजेता रहनेछ । त्यस्तै, समूह बि मा श्रीलंका, बंगलादेश र अफगानिस्तान रहेका छन् ।

प्रतियोगितामा एसियाका टेष्ट खेल्ने पाँच राष्ट्र र छनोट भएर जाने एक राष्ट्र गरी ६ टिमले प्रतिस्पर्धा गर्नेछन् । एसिया कप छनोट प्रतियोगिता पनि सेप्टेम्बर मै हुँदैछ । छनोटमा नेपाल, हङकङ, युएई, सिंगापुर, ओमान र मलेसिया रहेका छन् ।
एसिया कप छनोटको विजेताले एसिया कपको समूह ए मा स्थान बनाउने छ भने भारत र पास्तिानसँग प्रतिस्पर्धा गर्नेछ ।

नेपालको सम्भावना बढि

एक दिवसीय फम्र्याटमा हुने एसिया कप क्रिकेट खेल्ने प्रमुख दाबेदार टिम हो नेपाल । अहिलेसम्म नेपालले एसिया कप क्रिकेट खेल्न त पाएको छैन । तर यो पटक भने खेल्न सक्ने सम्भावना बढि रहेको छ । किनभने पछिल्लो समयमा नेपाल निकै लयमा रहेको छ भने त्यही अनुसारको नतिजा पनि हात पारेको छ ।

छनोट प्रतियोगिता राउन्ड रोविनको आधारमा हुनेछ । छनोट प्रतियोगितामा माथिल्लो स्तरको टिम भनेको नेपाल र युएई हो । नेपाल र युएई एक दिवसीय अन्तर्राष्ट्रिय मान्यता प्राप्त टिम हो । त्यसो त हङकङ, ओमन सिंगापुर र मलेसिया पनि कमजोर भने छैनन् तर नेपालले पराजित गर्दै आएका टिम हुन् ।

यतिबेला नेपाली क्रिकेट टिम इंग्ल्यान्डमा अभ्यासमा ब्यस्त छन् । साउन १३ गते इंग्ल्यान्डको लर्डस्मा क्रिकेटकै पुरानो क्लब एमसीसी र नेदरल्यान्ड्ससँग नेपालले त्रिकोणात्मक टि–ट्वान्टी सिरिज खेल्दैछ । त्यस्तै, साउन १६ र १८ गते नेपालले नेदरल्यान्ड्ससँग उसैको भूमिमा ऐतिहासिक २ खेलको एक दिवसीय अन्तर्राष्ट्रिय सिरिज खेल्दैछ । एसिया कप छनोटको तयारीको लागि यो भ्रमण नेपालको लागि फलदायी हुन सक्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्