विद्यालयमा पानी पसेपछि विराटनगरको भानु स्कुलले बिद्यार्थी फर्कायो

<span class='c1'>विद्यालयमा पानी पसेपछि विराटनगरको</span> <span class='c2'>भानु स्कुलले बिद्यार्थी फर्कायो</span>

विराटनगर, ९ साउन । गएरातीको बर्षाले बिराटनगरको भानु माध्यामिक बिद्यालयको पठन पाठन अबरुद्ध भएको छ । बिहान १० बजे बिद्यालयमा पुगेका बालबालिकालाइृ पर्काईएको छ । बिद्यालयमा पानी पसेपछि पढाउन नसकिने भन्दै फर्काईएको हो । पाञ्चाली मोडमा रहेको भानु माबिले बिद्यालयमा पठन पाठन गराउन नसकिने भन्दै बिद्यार्थीलाई फर्काएको हो । आफ्ना छोराछोरी लिएर बिद्यालय पुगेका अभिभावकलाई बिद्यालय भित्र घुँडा भन्दा माथि पानी जमेको भन्दै गेटबाट नै पालेले फर्काएको अभिभावकको भनाई छ । स–साना बाबुनानी खेल्ने बिद्यालयमा पानी पसेपछि समस्या भएको हो । सिक्सलेन सडक परियोजना अन्तरगत बन्दै गरेको वालका कारण बिद्यालयमा पानी पसेको बिद्यालय प्रशासनको भनाई छ । समयमा नै सक्नु पर्ने काममा ढिलासुस्ती हुँदा बालबालिकाले मात्र सास्ती पाएका छैनन् आम सर्बसाधारणले समेत सास्ती पाउँदै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्