पानीको निकासा नहुँदा विराटनगरको दक्षिणी भेग डुवानमा (फोटो फिचर)

<span class='c1'>पानीको निकासा नहुँदा विराटनगरको दक्षिणी</span> <span class='c2'>भेग डुवानमा (फोटो फिचर)</span>

प्रेम देवान ,आवर विराटनगर डट नेट
विराटनगर ९ साउन । गएरातीदेखी परेको अविरल वर्षाका कारण यतिबेला विराटनगरका अधिकास भाग डुवानमा परेका छन् । सबैभन्दा बढी विराटनगरको दक्षिणी भेगमा पानीको निकासा नहुदाँ सर्वसाधरणको घरभित्रै पानी पसेको छ ।
मंगलबार राती परेको अविरल बर्षका कारण आम सर्वसारधण यसपाली पनि पानीले क्षति पुर्याउने डरमा छन् । विशेष गरी विराटनगरको रोडशेष चोक दक्षिणका अधिकास रोडहरुमा पानी जमेका कारण सर्वसाधरणलाई हिड्न डुल्न  समस्या भएको छ ।
मंगलबार राती ११ बजेदेखि परेको अविरल बर्षाले विराटनगर १२, १३, १४ , १५, १६ र १८ वडामा पानीको कुनै निकासा नहुदा पानी जलमग्न भएका छन् । विराटनगर बर्माटोलमा रहेको बाणिज्य बैक, मनोकामना स्कुल, कर्टन मिलको क्वाटर, भटीमोड लगायत अधिकास भित्री सकड जलमग्न अवस्था छन् । एक नम्बर प्रदेशका प्रमुख डाक्टर गोवीन्द तुम्हाङ बस्ने निवासमा पनि पानी छिरेको छ । प्रदेश प्रमुख छिर्ने कोशी प्रोजेक्ट स्थित गेटमा नै पानी जलमग्न भएको छ ।
राती ११ बजेदेखि परेको पानी विहान ६ बजे सम्म परेको पानीले रातीदेखी नै आमसर्वसाधरणको घरमा पानी पसेको छ । राती ४ बजे नै सामानहरु सुरक्षित स्थान तिर सार्न वाध्य भएको विराटनगर १६ निवासी बर्माटोलका हरिप्रसाद अर्यालले बताए । गत बर्ष आएको बाढीले जस्तै डुविएला भनेर राती ४ बजे नै उठेर घरमा रहेका सरसामान सुरक्षित स्थानमा लगेको बताए ।
विराटनगरमा यसतबेला सडक र नाला बढाउने काम धमाधम भईरहेको छ । कतिपय स्थानमा बन्दै गरेका नाला बन्द भएका कारण पनि पानी निकासा नहुँदा समस्या परेको छ । विराटनगरको बजार एरीयादेखी बग्दै गएको पानीले दक्षिणी भेगमा पुगेर नालामा जाम भएका कारण स्थानिय बासीले बन्दै गरेको नाला भत्काएर पानीको निकासा निकालेका छन् ।
विराटनगर १६ बर्माटोलकी ७० बर्षिया जयकुमारी शाक्यले पहिलो पटक घर अगाडी यति धेरै पानी जमेको महशुस गरेको बताईन् । आफ्नो किराना पसल अगाडी नाला र होम पाईप बनाए लथालिङ्ग पारेर छाडेका कारण पानी पुरै जमेको उनले बताईन ।
यता विराटनगरको बजार एरीयामा पनि धेरै स्थानमा पानी जमेका छन् । विराटनगरको हिमालय रोडमा पानी जमेका कारण सवारी साधन कुदाउन ग्राहे हुने गरेका छ । जमिनको सतह भन्दा माथि नाली बनाइँदा छेउछाउका घर भित्र पानी जमेको छ । यहाँको पानीको निकासको लागि कुनै योजना नबनाईँदा सामान्य पानी पर्दापनि विराटनगरवासीले समस्या झेल्दै आउनु परेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्