सुनसरीमा गोली चल्यो , स्थिति तनावग्रस्त बन्यो

सुनसरीमा गोली चल्यो , स्थिति तनावग्रस्त बन्यो

इनरुवा साउन ९ । सुनसरीको  हरिनगर गाउँपालिका वडा नम्वर ७ घुस्कीमा सशस्त्र प्रहरीले गोलि चलाउँदा केहि स्थानीयहरु घाइते भएका छन् । खसी तस्कारहरुले भारतबाट खसी ल्याउदै गरेको अवस्थामा दुवै पक्षबीच झडप भएको बताइएको छ । सुनसरीका प्रमुख जिल्ला अधिकारी प्रेमप्रकाश उप्रेतीले तनाव बढेपछि ठूलो संख्यामा सुरक्षाकर्मी घटनास्थलतर्फ पठाइएको र वास्तविकता बुझ्ने काम भैरहेको बताउनु भयो ।

स्थिति तनावपूर्ण रहेको बताइएको छ । बिस्तृत विवरण आउन बाकी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्