कटहरीमा सडक अवरुद्ध , बाढी पीडितको राहत नपाएको गुनासो

कटहरीमा सडक अवरुद्ध , बाढी पीडितको राहत नपाएको गुनासो

विराटनगर १० साउन । मोरङको कटहरी गाउपालिकाका बाढी पीडितले रोडमा बांस तेर्साएर सडक जाम गरेका छन् ।
गत बर्ष आएको बाढीले घरबार विहीन भएका बाढी पिडीतको नाममा आएको रकम समय मै नदिएपछि बाढी पिडीतको रकम फ्रिज भएको थियो ।
समयमा वितरण गर्न नसक्दा बाढीपीडित राहतको रुपमा आएको करोडौ रकम फिर्ता भएपछि आज दिउसो बाढी पिडीतहरुले सडकमा बसेर यातायात अवरुद्ध पारेका थिए ।
कटहरी गाउपालिकाले बाढी पिडीतको नाममा आएको रकम समयमा नै रकम विवतरण गर्न नसक्दा े करोडौ रकम फ्रिज भएको छ ।
मोरङको कटहरी गाउपालिकाका बाढी पीडितलाई आएको रकमको बिषयमा जिल्ला प्रशासन कार्यालयले गरेको छलफलका क्रममा कटहरी गाउपालिकाका अध्यक्ष रामकुमार कामतको लापरवाहीका कारण रकम फिर्ता भएको स्रोतको भनाई छ ।
कटहरी गाउपालिकाको बाढीपीडितका लागि ३ करोड ८९ लाख २५ हजार रकम आएको थियो । गृहमन्त्रालयबाट आएको रकम असार ३२ गतेसम्म गाउपालिकाले वितरण नगरेपछि रकम फ्रिज भएको हो ।
कटहरी गाउँपालिकाले बाढीपीडितलाई रकम वितरण नगरेपछि स्थानीयले ३ दिनदेखि लगातार जिल्ला प्रशासन कार्यलय मोरङ र कटहरी गांउपालीका घेराउ गर्दै आएको बाढी पिडीत मुकेश यादवले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्