विराटनगरमा गोल्डेन फार्मेसीको बद्मासीमा प्रहरीको साथ, पीडितलाई भुल्याएर मिलापत्र

<span class='c1'>विराटनगरमा गोल्डेन फार्मेसीको बद्मासीमा प्रहरीको</span> <span class='c2'>साथ, पीडितलाई भुल्याएर मिलापत्र</span>

विराटनगर, १० साउन । विराटनगर गोल्डेन हस्पिटल भित्र सञ्चालन रहेको गोल्डेन फार्मेसीले औषधि खरिद गर्न आउने विरामीलाई ठगीगरेको छ । उपचारकालागि आएका उदयपुर कटारी नगरपालिका–१४ घुर्मीका चुणामिण श्रेष्ठलाई ठगि गरेको हो । उनले छोरी संगितालाई गत शनिवार उपचारकालागि अस्पताल भर्ना गराएका थिए । उनले औषधिको मूल्य बढि लिएको भन्दै प्रहरीलाई खबर गरेका थिए । तर प्रहरीले फार्मेसी सञ्चालकलाई मुद्धा चलाउनको साटो मेलमिलाप गराएर फर्काएको छ ।
आज प्रहरीले फार्मेसी सञ्चालक मध्येका एक रहबर अलीलाई पक्राउ गरेको थियो । तर पक्राउ गरेको दुई घण्टा नबित्दै मेलमिलाप गराएर फर्काएको हो । वडा प्रहरी कार्यालय विराटनगर ‘क’का प्रहरी निरिक्षक प्रमोद कुर्मीले मिलापत्र गराएर पठाएका हुन् । तर कुर्मी भने श्रेष्ठ परिवारले मुद्धा चलाउन नचाहेका कारण मिलापत्र गराएको बताउँछन् । फार्मेसीले श्रेष्ठ परिवारलाई १६ हजारको बिल थमाएको थियो ।
वडा प्रहरी कार्यालयमा पुर्याएको भएपनि फार्मेसी सञ्चालकले गल्ती भएको बताएपछि पीडितलाई प्रहरीले मिल्न दबाव दिएको थियो । प्रहरीले मिल्न दवाव दिएपछि श्रेष्ठ परिवारले पनि मानेका हुन् । फार्मेसी सञ्चालकले कर्मचारीबाट गल्ती भएको भन्दै ६ हजार रुपैया छुट दिएपछि प्रहरीले मुद्दा नचलाउने र मिलापत्र गराउने भन्दै दवाव दिएको पीडितको भनाई छ। प्रहरीले मुद्धा चलाउन सक्ने भएपनि मिलेमतोमा मिलापत्र गरी पठाएको पब्लिक फोरम अध्यक्ष उत्तम ढुंगेलले गुनासो गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्