प्राध्यापक डाक्टर गोविन्द केसी र सरकारबीच ९  बुँदे सहमति

<span class='c1'>प्राध्यापक डाक्टर गोविन्द केसी र</span> <span class='c2'>सरकारबीच ९  बुँदे सहमति</span>

काठमाडाैँऽ ११ साउन ।  प्राध्यापक डाक्टर गोविन्द केसी र सरकारबीच ९  बुँदे सहमति भएको छ ।  सहमतिपत्रमा सरकारको तर्फबाट सरकारी वार्ता टोलीका संयोजक खगराज बराल र केसी स्वयम्ले हस्ताक्षर गरेका छन् । सहमतिपत्रमा हस्ताक्षरपछि केसीलाई केदारभक्त माथेमा र नेकपाका नेता सुवासचन्द्र नेम्वाङले जुस पिलाएर अनसन तोडाए । 

केसी र सरकारबीच १० वर्षसम्म काठमाडौंमा नयाँ मेडिकल कलेज नखोल्ने,  अध्यादेशअनुसार नै  चिकित्साशास्त्र विधेयक ल्याउने लगायतका महत्वपूर्ण बुँदामा सहमति भएका छन् । केसीको मागका सम्बन्धमा सरकार र केसी पक्षीय वार्ता टोलीबीच प्रधानमन्त्री निवास  बालुवाटारमा सहमति जुटेको थियो ।    चिकित्सा शिक्षा सुधारको माग राख्दै १५ औं पटकको अनसनमा रहेका  केसी र सरकारी वार्ता टोलीबीच यसअघि भएको भनिएको ९ बुँदे सहमतिमा पुनः समस्या उत्पन्न भएको थियो ।केसीले काठमाडौंमा १० वर्षसम्म मेडिकल कलेज खोल्न नपाइने बुँदालाई सहमति पत्रमा उल्लेख गर्नुपर्ने अडान लिएका थिए ।   त्यसपछि विवादित विषयमा सहमति जुटाउन बालुवाटारमा  प्रधानमन्त्रीकै उपस्थितिमा  वार्ता भएको थियो । सो वार्तामा सहमति जुटेसँगै केसी अनसन तोड्न राजी भएका हुन्  ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्