कुनै कारण नखुलाई एक नम्बर प्रदेशसभाको बैठक दोश्रो पटक स्थगित

<span class='c1'>कुनै कारण नखुलाई एक नम्बर</span> <span class='c2'>प्रदेशसभाको बैठक दोश्रो पटक स्थगित</span>

विराटनगर, ११ साउन । बिहीबार दिउँसो १ बजेका लागि बोलाइएको प्रदेश नम्बर १ को प्रदेशसभा बैठक दुई घण्टाअघि सूचना टाँसेर स्थगित गरिएको छ । संसद सचिवालयका सचिव बासुदेव शर्मा पौडेलले विशेष कारणवस् बैठक स्थगित भएको भन्दै कारण नखुलेको सूचना टाँसे । प्रदेशसभा नियमावलीको नियम ६ को उपनियम (३) बमोजिम बैठक स्थगित गरिएको सूचना टाँसेर बैठक स्थगित भएको जानकारी सार्वजनिक गरिएको हो । सोही उपनियममा ‘कुनै कारणवस् बैठक बस्न तोकिएको दिन, समय वा कार्यक्रममा परिवर्तन भएमा त्यसको कारणसहितको सूचना प्रदेशसभाको सूचना पाटीमा टाँसिनेछ’ भनी स्पष्ट व्यवस्था उल्लेख गरिएको छ । उपनियम (३) अनुसार कुनै कारण नखुलाई प्रदेशसभाको बैठक दोश्रो पटक स्थगित भएको हो । गत असार ३१ गते बोलाइएको संसद बैठक पनि कारण नखुलेको सूचना टाँसेर स्थगित गरिएको थियो ।

त्यसपछि साउन ६ बसेको प्रदेशसभाको बैठकमा प्रतिपक्षी दल नेपाल कांग्रेसका संसदले आन्दोलनरत चिकित्सक गोविन्द केसीको माग सम्बोधन गर्नुपर्ने माग राखेर बैठक अवरुद्ध पारेका थिए । सभामुख प्रदीपकुमार भण्डारीले बैठक अघि बढाउन प्रयास गरे पनि प्रतिपक्षको विरोधका कारण बिहीबारलाई बैठक बस्ने दिन तोकेका थिए ।

साउन ६ गतेको बैठकको कारवाही स्थगित भएपछि आ–आफ्नो जिल्ला फर्किएका प्रदेशसभाका सांसदहरू पुनः बिहीबारको बैठकमा सहभागी हुन बिहानै विराटनगरका लागि बाटो लागेका थिए । तर विराटनगर आई नपुग्दै संसद सचिवालयले बैठक स्थगित भएको जानकारी टेलिफोनबाट गराएपछि उनीहरू कता जाने भनेर अन्यौलमा परे ।

बिहान १० बजे संसद सचिवालय पुगेका कर्मचारीहरूले बैठक स्थगित भएको खबर हतारहतार टेलिफोनबाट सांसदहरूलाई जानकारी गराएका थिए । ‘बैठक स्थगित भएको जानकारी १०/१० जना माननीयज्यूहरूको समूह बनाएर फोनबाट जानकारी गरायौं’ संसद सचिवालयकी कानून अधिकृत मञ्जु खड्काले भनिन् ।

बिहीबार कार्यालय समय खुलेपछि मात्रै संसद बैठक स्थगित भएको संसद सचिवालयका कर्मचारीले थाहा पाए । बैठक बोलाएर गृह जिल्ला सुनसरी गएका सभामुख प्रदीपकुमार भण्डारी भने बिहीबार संसद सचिवालय नै आएनन् । संसद सचिवालयमा टाँस गरिएको सूचनामा प्रदेशसभाको आगामी बैठक साउन १३ गते आइतबार दिउँसो १ बजेका लागि तोकिएको उल्लेख छ । उद्घाेष दैनिकबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्