अपराध बढी हुने जिल्लामा सुनसरी अगाडी-मोरङ तेश्रो, गुण्डागर्दी गर्नेको प्रोफाईल तयार

<span class='c1'>अपराध बढी हुने जिल्लामा सुनसरी अगाडी-मोरङ</span> <span class='c2'>तेश्रो, गुण्डागर्दी गर्नेको प्रोफाईल तयार</span>

विराटनगर, ११ असार ।
एक नम्बर प्रदेशमा सबैभन्दा बढी अपराध हुने जिल्लामा सुनसरी रहेको पाईएको छ। एक नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले आज विराटनगरमा गरेको पत्रकारसम्मेलनमा अपराध हुने जिल्लाहरुको अबस्थाको बारेमा जानकारी दिँदै अपराध नियन्त्रण गर्ने क्रममा जिल्लाहरुको बढी अपराध हुने र कम अपराध हुने जिल्लाको र्याङ्किङ गरिएको हो । सार्बजनिक गरिएको तथ्यांकमा सुनसरीमा एक हजार ९ सय ९० अपराध भएका छन् । दोश्रो नम्बरमा झापा जिल्ला परेको छ, झापामा एक हजार ६ सय ८७ अपराधको घटना भएको तथ्यांकले देखाएको हो । तेश्रो मोरङमा एक हजार ६ सय ३७ अपराधका घटना भएको प्रदेश प्रहरी कार्यालय बिराटनगरका प्रहरी महानिरिक्षक डिआईजी केदार रिजालले जानकारी दिए । त्यसपछिका जिल्लाहरुमा उदयपुर, ईलाम, पाँचथर, संखुवासभा, ताप्लेजुङ, भोजपुर, खोटाङ, धनकुटा, सोलुखुम्बु, ओखलढुङ्गा र तेह्रथुम जिल्लामा क्रमश कम अपराधको घटना भएको उनले जानकारी दिए ।
अपराधका घटनामा संलग्नहरुको पहिचान र कार्वाहीका लागि जिल्लाहरुमा सुरक्षाको लागि नयाँ योजना अघि सारिएको जनाईएको छ । योजना अनुसार सुरक्षालाई तिन भागमा विभाजित गरिएको छ । प्रदेशको प्राथमिक जिम्मेवारीका आधारमा, वर्तमानको प्राथमिकता र विशेष प्रहरी कार्यक्रम अन्तरगत सुरक्षालाई तिन भागमा बाँडेर सुरक्षाको संवेदनशिलताका आधारमा काम भईरहेको डिआईजी रिजालले बताए । उनका अनुसार जिल्ला तहमा हुने गुण्डागर्दीमा संलग्नहरुको प्रोफाईल तयार पार्ने काम भईरहेकोले त्यसमा संलग्न १ सय ४३ जनालाई पक्राउ गरिएको र १ सय ३३ जनालाई निगरानीमा राखिएको छ ।
एक सय ३७ स्थानीय तह मध्य कुन तहमा कस्तो खालका आपराधिक घटना घट्छन् भन्ने सम्मको विवरण प्रदेश प्रहरी कार्यालयले तयार पारिसकेको र घटना हुन नदिनको लागि यो विवरण तयार पारेर सुरक्षा निकायहरुलाई निगरानीका लागि भनिएको उनको भनाई छ ।

मुद्दा फछ्यौटमा समस्या
एक नम्बरका जिल्लाहरुमा दर्ता हुन आएका ७ हजार ६ सय ९१ मुद्दा मध्य ४ हजार एक सय ५९ मुद्दा फछ्यौट भएको छ ।जस मध्य ३ हजार ५ सय ३२ मुद्दा फछ्र्यौट हुन नसकेको रिजालले जानकाी दिए । यी मुद्दाहरुमा अधिकांश अपराधसँग सम्बन्धित रहेको छ । यस्ताे छ मुद्दा फछ्र्यौटकाे अवस्था ः

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्