विराटनगरको राठी सुन पसलमा फिल्मी शैलीमा चोरीको यस्तो घटना !!

विराटनगरको राठी सुन पसलमा फिल्मी शैलीमा चोरीको यस्तो घटना !!

बिराटनगर, साउन १२।

विराटनगरबाट प्रहरीले शुक्रबार साँझ साढे ६ बजे सुनको सिक्रि निल्ने एक जनालाई पक्राउ गरेको छ ।

बिराटनगर महानगरपालिका ९ स्थित अरुण कुमार राठीले संचालन गरेको राठी सुन पसलमा सिक्रि किन्ने बहाना बनाई सुन किन्न गएका ईटहरी उप-महानगरपालिका २ बस्ने ३१ बर्षिय सुरज कुमार नेपाललाई पक्राउ गरेको हो ।

नेपालले पसलमा गएर सुनको सिक्रि देखाउन लगाई ऐना हेरी गलामा लगाउने निहु पारेर सिक्रि निलेर पाईन्टको गोजीमा आँफुसंग भएको नक्कली सुन निकालेर पसलमा फिर्ता गरेका थिए ।

सिक्रि मन नपरेको बताउदै सिक्रि फिर्ता गरेपछी पसलेलाई शंकालागी प्रहरीमा खबर गर्नासाथ वडा प्रहरी कार्यालय ‘ख’ विराटनगरबाट खटिएको टोलीले उनलाई नियन्त्रणमा लिएको हो ।

प्रहरीको नियन्त्रणमा रहेका नेपालको शरिर खानतलासी गर्ने क्रममा सिक्रि फेला नपरेपछी निलेको हुनसक्ने अनुमान गर्दै विराटनगरको बिराट अस्पतालमा लगेर भिडियो एक्सरे गरेको थियो ।

एक्सरे रिपोर्टमा नेपालको पेट भित्र सिक्रि फेला परे पछी वडा प्रहरी कार्यालयमा राखी थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्