प्रियंका चोपडाको निक जोनाससँग ‘इन्गेजमेन्ट’ !!

प्रियंका चोपडाको निक जोनाससँग ‘इन्गेजमेन्ट’ !!

विदेशी सञ्चारमाध्यमका अनुसार अभिनेत्री एवम् पूर्व विश्व सुन्दरी प्रियंका चोपडाले निक जोनाससँग ‘इन्गेजमेन्ट' गरेकी छन्। गत वर्ष यी दुबैको न्यूयोर्कमा भेट भएयता सम्बन्ध बाक्लिदै गएको थियो। यस वर्ष प्रियंकाको जन्मदिनबाट यी दुईको सम्बन्ध अर्को तहमा पुगेको हिन्दुस्तान टाइम्सको अनलाइन संस्करणले जनाएको छ।

हिन्दुस्तान टाइम्सले पिपल डटकमको हवाला दिँदै निकले 'इन्गेमेन्ट' को औंठी किन्न ‘टिफ्ने’ नामक पसल बन्द गरेको समाचार प्रकाशित गरेको छ।

'उनीहरू असाध्यै खुशी छन्', श्रोतले भन्यो, 'उनीहरूका साथी तथा परिवारले यसअघि यस्तो कहिल्यै देखेका थिएनन् र उनीहरू अत्यन्तै उत्साहित छन्। ऊ (निक) उनको (प्रियंका) बारेमा निश्चित रूपमा गम्भीर छ।'

निक र प्रियंकालाई लन्डनमा देखिएको थियो। त्यतिबेला यी अमेरिकी गायकले प्रियंकाको फोटो सेयर समेत गरेका थिए।

योसँगै बिहिबारमात्रै सलमान खानलाई 'भारत' फिल्ममा निर्देशन गरिरहेका निर्देशक अब्बास अलि जाफरले ट्वीट गर्दै आफ्नो फिल्ममा प्रियंका नरहने बताएका थिए।

उनले सो ट्वीटमा विशेष कारणले गर्दा फिल्ममा उनी नहुने र सोको लागि आफू र फिल्मको युनिट अत्यन्त खुसी भएको पनि उल्लेख गर्दै उनले प्रियंकाको आगामी जीवनका लागि शुभकामनासमेत दिएका थिए।

प्रियंका र निक दुई महिनाअघिदेखि एकअर्कालाई डेट गरिरहेका छन्। निक प्रियंकाभन्दा १० वर्ष कान्छा छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्