आठौं राष्ट्रिय खेलकुद : खेलस्थल टुंगो लाग्यो , कुन मैदानमा कति खेल ?

<span class='c1'>आठौं राष्ट्रिय खेलकुद : खेलस्थल टुंगो लाग्यो</span> <span class='c2'>, कुन मैदानमा कति खेल ?</span>

काठमाडाैँ । आठौं राष्ट्रिय खेलकूद प्रतियोगिताको तयारी तीव्र पारिएको छ । बाँकेको नेपालगञ्जमा मंसिरमा हुने तय भएको आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताको खेलस्थल टुंगो लागेको छ ।

खेलकुद मन्त्री जगत विश्वकर्मासहित बसेको प्रतियोगिताको मुल आयोजक समारोह समितिको बैठकले प्रतियोगिताको खेल र खेलस्थल टुंगो लगाएको हो । आठौं राष्ट्रिय खेलका अधिकांश खेल बाँकेमा हुँदैछन् । क्षेत्रीय खेलकुद विकास समितिले प्रस्ताव गरेको खेलस्थललाई मुल आयोजक समारोह समितिले औपचारिक रुपमा निर्णय गरेको छ ।

प्रतियोगिताका अधिकांश खेल बाँके जिल्लाका विभिन्न खेलस्थलमा हुनेछ । प्रतियोगिताका केही खेलहरू पूर्वाधारअनुसार बर्दिया, दाङ, कपिलवस्तु, रुपन्देही र काठमाडौंमा समेत हुने छन् ।

बैठकले नेपालगञ्ज रंगशालालाई स्तरोन्नति गर्दै ३ महिनाभित्र फोल्डिङ प्याराफिट बनाउने निर्णय पनि गरेको छ ।

मुल आयोजक समारोह समितिले गरेको निर्णय अनुसार बाँकेमा विभिन्न खेल स्थलमा १७ वटा खेलहरू हुनेछन् । बर्दियामा ४, दाङमा ७, कपिलवस्तुमा १ र रुपन्देहीमा ४ खेलहरू आयोजना हुने छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्