विराटनगरमा अर्को लापरवाही : टाउको दुखेर नोबेल गएकी महिलाको संजीवनी अस्पताल पुगेर मृत्यु

<span class='c1'>विराटनगरमा अर्को लापरवाही : टाउको दुखेर नोबेल</span> <span class='c2'>गएकी महिलाको संजीवनी अस्पताल पुगेर मृत्यु</span>

विराटनगर, १२  साउन । उपचार हुन नसक्ने विरामीलाई पैसाको लोभमा अन्यत्र रेफर नगरेर विवादमा आएको बिराटनगरको संजिवनी अस्पतालमा फेरी अर्को घटना घटेको छ । यस अघि अस्पतालमा आएकी एक महिलालाई अस्पतालका डाक्टरले अन्यत्र रेफर गर्न भनेपछि अस्पताल प्रशासन र डाक्टर बिच लफडा भएको थियो । पटक–पटक विवादमा पर्दै आएको अस्पतालमा फेरी अर्काे   मृत्युकाे घटना वाहिर अाएकाे हो । यस अघि एक महिलालाई रेफर गर्न खोज्दा डाक्टरलाई ५० हजार जरिवाना गरि निश्काशन गरेको बिषय विवादित बनेकाे थियो ।
त्यो बिषय सेलाउन नपाउँदै आज फेरी एक महिलाको ज्यान गएको छ । संजिवनी हस्पिटल एण्ड आईभीएफ सेन्टरमा उपचारको लागि आएकी एक जना गर्भवती महिलाको ज्यान गएको हो । विराटनगरकै नोबेल अस्पतालमा उपचार गराउने भन्दै आएकी भारत अरेरिया जिल्लाको कुसमाग्राम पञ्चायतकी २५ वर्षिय आयूसा खातुनलाई दलालले संजिवनी अस्पतालमा पुर्याएको थियो । आयुसाकी सासु वतुल खातुनका अनुसार, दलालले बिहीबार साँझ संजिवनीमा पु¥याएका थिए अस्पताल पुर्याउने बितिकै सामान्य विरामीलाई समेत भेन्टिलेसन राखेको थियो । उनको आज ज्यान गएपछि हस्पिटलको लापरवाहीका कारण ज्यान गएको पीडितका आफन्तको आरोप लगाएका छन् ।
लामो समयसम्म भेन्टिलेशनमा राखिएकी खातुनका आफन्तले सोध्दा कहिले जिउँदो अनी कहिले मर्यो भन्दाभन्दै पछि मात्र आफुहरुले थाहा पाएको बतुलले बताईन् । अस्पतालका संचालक विनायक पन्तले गम्भीर प्रकृतिको घटना भएको कारण उनको ज्यान गएको बताए । तर कस्तो गम्भीर प्रकृतिको हो केही खुलाएका छैनन् । विरामीको अवस्था गम्भिर भएकोले उपचारको क्रममा मृत्यु भएको उनले बताए । लापरवाहीको कारण नभई बिरामीको अबस्था गम्भीर भएको कारण ज्यान गएको संचालक पन्तको भनाई छ। विरामीलाई जण्डिस भएको रहेछ, बिरामीलाई काउन्सिलिङ गराएरै अस्पताल भर्ना गराईएको उनको भनाई छ ।
उनलाई नोबेल अस्पतालमा लगिएको र त्यहाँ भेन्टिलेटर नभएपछि अन्यत्र खोजी हुँदा संजिवनी अस्पतालले आफुसँग भेन्टिलेटर खाली रहेको भनेर जानकारी पछि बिरामी आएको उनको भनाई छ । जण्डिस भएको बिरामीको डेलीभरीमा समस्या हुने भएकोले यस्ता घटनामा बच्चा या आमामा एउटा मात्र बच्ने संभावना भएपनि यो घटनामा अस्पतालको लापरवाही नभएको उनको दाबी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्