विराटनगरको हातेमालो अभियान सरसफाईसँगै अब खबरदारीमा पनि

<span class='c1'>विराटनगरको हातेमालो अभियान सरसफाईसँगै</span> <span class='c2'>अब खबरदारीमा पनि</span>

विराटनगर, १३ साउन ।
परिवर्तनका लागि हातेमालो अभियानले आफ्नो सरसफाई अभियानको ३० औ हप्ता पुरा गरेको छ । शनिवार ३०औ हप्तामा पनि सरसफाईलाई निरन्तरता दिएको छ । सँधै भन्दा केही फरक कार्यक्रमको आयोजना गरि कोशी अञ्चल अस्पतालमा सरसफाई गरिएको अभियानकर्मीले जनाए । अभियानले निरन्तरता पाएपनि शनिवारको ३० औ हप्तासम्म आउँदा भने हातेमालो अभियानले झाडु भने बोकेका देखिएन । हातेमालो अभियानका अध्यक्ष बिनोद परियाले सम्बन्धित संस्थाका व्यक्तिहरुलाई सरसफाईमा अभिप्रेरित गर्ने गरी खबरदारी गरिएको बताए ।
भोला, गुड्खा, रजनीगन्धा जस्ता खाएर आउने व्यक्तिलाई अस्पताल परिसरमा पस्न नदिने, जथाभावी फोहोर फ्याक्न नदिने र त्यसको निगरानी गार्डले गर्नेगरी सहमती कार्यान्वयनको काम नभएको परियारको भनाई छ ।
सहमति कार्यन्वयन नभएको पाईएपछि प्रशासनलाई त्यो बिषय तत्काल कार्यान्वयनमा लैजान ध्यानाकर्षण गराईएको छ । अभियानले अस्पताल सफा र सुन्दर बनाउने अभियानमा एउटाको मात्र हात नभएर सबैको साथ हुनुपर्ने भन्दै अस्पताल प्रशासनलाई तत्काल सबैको साथ रहेको अबस्था दिलाउने गरी सहयोग गर्न आग्रह गरेको हो । अभियानले झाडु लिएर आएको दिन केही गरेको जस्तो देखाएपनि भोलीपल्टै देखि नियमन र कार्यान्वयनमा चासो नदिने परिपाटी अस्पतालमा बढी देखिएको अभियानको निश्कर्ष छ । संस्थाका सचिव तुलसी पोख्रेल भने, जनताको करबाट तलब खाने अनि जुनकामको लागि नियुक्त गरिएको हो त्यो काम नगर्ने प्रबृतीले सर्बसाधारण फोहोरमा उपचार गराउनु पर्ने बाध्यता छ ।
मंगलबार गार्ड, सरफाईका कर्मचारी, इन्चार्जहरु, मे.सु, प्रहरी लगायतसँग छलफल गर्ने निश्कर्षमा अभियान पुगेको छ । एक नम्बर प्रदेशको राजधानीमा रहेको प्रदेश स्तरिय अस्पतालको हविगतको बारेमा समेत जानकारी गराउने र कोशी अस्पताल भित्र भएका बिकृती र विसंगतीको बारेमा जानकारी गराउने अध्यक्ष परियारले बताए ।
हिजो जहाँ जहाँ सरसफाईको काम भएका थिए त्यो ठाएँमा अनुगमनको काम भईरहेकोले अनुगमनको काम पनि हातेमालो अभियानले नै गरेको सचिव पोखरेलको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्