विराटनगरको गोल्डेन अस्पतालले विरामीलाई बन्धक बनाएको आरोप, अस्पताल प्रशासन भन्छ ‘गलत प्रचार भयो’

<span class='c1'>विराटनगरको गोल्डेन अस्पतालले विरामीलाई बन्धक बनाएको आरोप,</span> <span class='c2'>अस्पताल प्रशासन भन्छ ‘गलत प्रचार भयो’</span>

विराटनगर, १३ साउन । विराटनगरमा रहेको गोल्डेन अस्पालले भारतको कटिहारका एक व्यक्तिका पति, पत्नी र छोरीलाई चार महिनासम्म बन्धक बनाएको खबर बाहिर आएको छ । चार लाख रुपैयाँको लागि अस्पताल प्रशासनले उनीहरुलाई बन्धक बनाएर राखेको हो । कटिहारको फलका प्रखंड भन्ने स्थानका सन्तोष यादवले उपचारको लाग लागेको खर्च बुझाउनको लागि जग्गा जमिन तथा घर सबै बन्धक राखेर ८ लाख अस्पतालमा बुझाई सकेका छन् । तर त्यही अस्पताल प्रशासनले फेरी परिवारसँग फोन गरेर चार लाख माग गरेको पिडित सन्तोष यादवले बताए ।
यस्ताे पनि अाराेप
अस्पतालले पीडितका परिवारलाई पटक पटक फोन गर्दै धम्की दिने गरेको समेत खुलेको छ । अस्पताललाई तिर्निु पर्ने रकम भुक्तान नगजरे बन्धक बनाएका तिनै जनाको किड्नी निकाल्ने धम्की दिएको पीडितका आफन्तको भनाई छ । पीडित सन्तोषकी श्रीमती र भाई भागेर भारत पुगेको जी न्युजले खबर लेखेको छ ।
फलका प्रखंडस्थित गोविन्दपुर पंचायतको रंगाकोल गाउँका यी परिवारले भारत सरकारसँग नेपालमा बन्धक बनाईएका सबै परिवारलाई रिहाईको लागि गुहार मागेका छन् । उनीहरुले नेपालको विराटनगरस्थित गोल्डन हस्पिटल प्रशासनले अस्पतालको जम्मागर्नु पर्ने रकम जम्मा नगर्दासम्म उपचारत सन्तोष सहित ३ जनालाई महिनौसम्म बन्धक बनाएर राख्ने चेतावनी दिएको उनीहरुको आरोप छ ।
जमिन बन्दकी राखे ८ लाख अस्पताललाई
भारत घर भएका सन्तोषको परिवार गरिव छ । पीडित परिवारले अस्पताललाई आफ्नो घर जग्गा जमिन बन्दकी राखेर आठ लाख अस्पताललाई बुझाई सकेको भनेका छन् । आठ लाख बुझाए पछि उनीहरुलाई लागेको थियो सन्तोष अब अस्पतालबाट छुट्छ तर त्यसो भएन । ठिक विपरित भयो उसकी आमा र छोरीलाई थप चारलाख माग गर्दै अस्पतालले बन्धक बनाएको पीडितको आरोप छ ।
भुुक्तान गर्नु पर्ने रकम बुझाउन नसके बन्धक बनाईएकाहरुको आँखा र किड्नी निकाल्ने चेतावनी अस्पतालले दिएको पीडित परिवारको आरोप छ । अस्पतालको कर्मचारीको सहयोगमा सन्तोषकी श्रीमती रेणु आफ्नो देवरको साथमा भागेर भारत पुगेकी थिईन् । भारत पुगेकी उनले स्थानीय सरकार र समाजसँग गुहार मागेपछि यो घटना बाहिर आएको हो । उनले आफ्नो छोरी, सासु र श्रीमानलाई बन्धक बनाएको बारेमा जानकारी गराएकी हुन । सन्तोषका बुबा जोगिन्दर यादवका अनुसार गत २६ जुलाईको दिउँसो ४ बजे अस्पतालबाट फोन गरेर रकम भुक्तानी गर्न भनिएको अन्यथा कार्वाही भोग्न तयार रहनु भन्ने धम्की सहित फोन गरेको जी न्युजले लेखेको छ ।http://zeenews.india.com/hindi/india/bihar-jharkhand/golden-hospital-made-a-family-hostage-in-nepal/424019 (4 लाख के लिए नेपाल के अस्‍पताल में 4 महीने से बंधक है एक परिवार, हॉस्पिटल दे रहा किडनी निकालने की धमकी)

गलत हल्ला चलाईयाे

अस्पतालका संचालक गोबिन्द लुईटेलले घटनाको बिषयमा जानकारी दिँदै तिर्नुपर्ने पैसा नतिरेको बताए । कुनै बन्धक बनाएर नराखिएको नियमित उपचार गर्ने बेडमा नै राखेर उपचार गराईएकोले बन्धक नबनाईएको बताए । उनका अनुसार यो घटना सार्बजनिक भएको बिषयमा दुखद रहेको बताउँदै नेपाल स्थीत दुतावासबाट पनि आएर जानकारी लिईसकिएकोले त्यस बारेमा उनीहरुलाई जानकारी गराई सकेको बताए । भारतमा कुटपिटबाट मर्यो भनेर फालिएको बिरामीलाई अस्पतालले बचाएको बिषयमा ध्यान नदिने अनी गलत प्रसार गरेर बन्धक बनायो भनेर हल्ला चलाउनु गलत भएको लुईटेलको भनाई छ ।
उनीहरुलाई डिस्चार्ज दिईसकेका छौ । पैसा क्लीयर गरेर जाउ भन्दा आज भोली भन्दै टार्नै गरेको छ, आर्थिक अबस्थाको बारेमा पनि जानकारी नगराएको उनले बताए । भारतबाट आएको सरकारी अधिकारीको टोलीसँग शनिवार भएको छलफलमा भारतीय पक्षले डिस्काउन्ट गरेर पठाउन भनेको लुईटेलले ओबिलाई जानकारी दिए । उनले उपचार गराएका बिरामीको तर्फबाट अस्पतालमा तिर्नु पर्ने ४ लाख ८३ हजार भारु रहेको समेत बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्