लियोनल मेस्सी पनि इटालियन क्लब जाने चर्चा

<span class='c1'>लियोनल मेस्सी पनि इटालियन</span> <span class='c2'>क्लब जाने चर्चा</span>

एजेन्सी । बार्सिलोनाबाट व्यावसायिक फुटबल खेल्दै आएका अर्जेन्टिनाका सुपर स्टार फुटबलर लियोनल मेस्सी पनि इटालियन क्लबमा जार्ने चार्च अन्तराष्ट्रि सञ्चार माध्यमा हुन थालेको छ । पोचुर्गिज स्टार रोनाल्डो रियल म्याड्रिडबाट युभेन्ट्स पुगेको केहि दिन नबित्दै मेस्सी पनि अर्को इटालियन क्लब इन्टर मिलान जाने चर्चा सुरु भएको हो ।

मेस्सीलाई इन्टर मिलानले लिन चाहेको पिरिलीका सिइओ मार्को ट्रोनचेटी प्रोभेराले सार्वजनिक गरेका हुन् । पिरिली लामो समयदेखि इन्टरको प्रायोजक रहँदै आएको छ ।

इटालियन सञ्चारमाध्यमले इन्टरका मालिकले मेस्सीका लागि ठूलो रकम प्रस्ताव गर्न सक्ने जनाएको छ । ‘यदि फाइनान्सियल फेयर प्लेले रोक्ने अवस्था आएन भने मलाई लाग्छ प्रस्ताव जानेछ,’ प्रोभेराले भने, ‘मेस्सी ? मेस्सीलाई लिन तिमि नाई भन्न सक्छौं ?’

रियलले रोनल्डोमो पारिश्रमिक नबढाएपछि रोनाल्डोले रियल छाडेका थिए । उनलाई र्इटालीयन क्लब युभेन्टसले ९९।२ मिलियन पाउण्डमा अनुबंन्ध गरेको थियो ।

तर, मेस्सीको कथा भने फरक छ । बार्सिलोनाले उनलाई सहजै जान दिने छैन । र मेस्सीले पनि सहजै बार्सिलोना छाड्ने छैन । सानै उमेरदेखि उनी बार्सिलोनामा आबद्ध छन् । उनले लगभग आफ्नो पुरा खेल जीवन बार्सिलोनामै सुम्पने सम्भावनालाई पनि नकारेका छैनन् ।

सन् २००० मा १३ वर्षको उमेरमै बार्सिलोना बाबुको साथ लागेर गएका हुन् । लाजालु स्वाभावका मेस्सी २००१ मा नै बार्सिलोनाको चर्चित फुटबल स्कुल ला मासियामा प्रवेश पाए । त्यहीबाट उनले फुटबलको ज्ञान पाए । मेस्सीले बार्सिलोना प्रवेश गरेको ४ वर्षमानै बार्सिलोनाबाट डेब्यू गरेका थिए । बार्सिलोमा प्रवेश गरेको ९ वर्षसम्ममा त मेस्सी चचित देलाडी बनिसकेका थिए ।

सन् २००९ मा मात्रै मेस्सीले बार्सिलोनालाई च्याम्पियन्स लिग, ला लागि, फिफा क्लब विश्वकप, स्पेनिस सुपरलिग, कोप डेल रे र युएफा सुपर लिगको उपाधि उचालेका थिए । आज सम्म मेस्सीले बार्सिलोनालाई २२ उपाधि दिलाइसकेका छन् । यस वर्ष मात्रै मेस्सीले बार्सिलोनालाई ला लागि र कोप डेल रेको उपाधि जिताई सकेका छन् । बार्सिलोनामा रहेर ९ सिजन खेलिसकेका मेस्सीले प्रत्येक सिजनमा ४० बढी गोल गरेका छन् । उनले २०११/०१२ सिजन लालिगामा सर्वाधिक ५० गोल गरेर गिनिज बुकमा नाम समेत लेखाउन भ्याइसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्