विराटनगरमा शनिवार लाग्ने सस्तो बजार बन्द गरिएकोमा खुद्रा ब्यापारीको आक्रोश

<span class='c1'>विराटनगरमा शनिवार लाग्ने सस्तो बजार</span> <span class='c2'>बन्द गरिएकोमा खुद्रा ब्यापारीको आक्रोश</span>

विराटनगर, १४ साउन ।
विराटनगरस्थित गुद्रीको बी प्लटमा शनिबार खुद्रा पसल सञ्चालन गर्दै आएका व्यापारीले निरन्तर पसल सञ्चालन गर्न पाउनुपर्ने माग गरेका छन् । बजार अव्यवस्थित भएको र सो ठाउँ पार्किङका लागि छुट्टयाइएको भन्दै महानगरपालिकाले साउन ५ गतेयता पसल राख्न रोक लगाएको छ । पसल सञ्चालनमा रोक लगाइएपछि संगठित भएका खुद्रा व्यापारीले पसल राख्न पाउनुपर्ने माग गर्दै विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीलाई ज्ञापन बुझाएका छन ।
नेपाल ब्यापार तथा सम्बद्ध श्रमिक संघको अगुवाईमा पुगेको व्यापारीहरुको टोलीले महानगर प्रमुख पराजुलीलाई ज्ञापन बुझाएको हो । हप्तामा एक दिन व्यापार गर्नुपर्ने आफूहरुको माग रहेको संघका विराटनगर अध्यक्ष सीताराम कोइरालाले बताए । बुझाइएको ज्ञापनमा समयतालिका निर्धारण गरेर व्यवस्थित रुपमा पसल सञ्चालन गर्न दिइनुपर्ने माग गरिएको छ । व्यापारी सैफ अलि खानले शनिबार विदाको दिन पारेर एकदिन मात्र सस्तो खुद्रा पसल सञ्चालन गर्दै आएकोमा रोक लगाइएपछि ८० जना व्यापारी समस्यामा परेको बताए । उनले पसल थाप्न रोक लगाइएका कारण व्यापारीको रोजीरोटी गुम्नुका साथै सस्तो मूल्यमा सामान किन्नबाट उपभोक्तासमेत वञ्चित हुनुपरेको दाबी गरे ।
महानगरपालिकाका प्रमुख पराजुलीले गुद्रीको सो क्षेत्रलाई पार्किङकोरुपमा निर्धारण गरिएकाले पसल सञ्चालनमा रोक लगाइएको बताए । उनले खुला ठाउँमा पसल राख्दा बजारको शोभासमेत बिग्रिने भएकाले अन्य विकल्प खोजे महानगरपालिका सहयोग गर्न तयार रहेको बताए । सो ठाउँमा व्यवस्थित पार्किङ निर्माण गर्न महानगरले बजेटसमेत छुट्टयाइसकेको मेयर पराजुलीको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्