विराटनगरका अस्पतालमा प्रयाेग हुने अाैषधि हानिकारक, नक्कली औषधि सहित तिनजना पक्राउ

<span class='c1'>विराटनगरका अस्पतालमा प्रयाेग हुने अाैषधि हानिकारक,</span> <span class='c2'>नक्कली औषधि सहित तिनजना पक्राउ</span>

विराटनगर, १४ साउन ।
विराटनगर महानगरपालिका भित्र भारतबाट बिभिन्न ब्राण्डका नक्कली औषधी ल्याई बिक्रि बितरण गर्ने ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले विराटनगर १० स्थित न्यूरो अस्पताल अगाडीबाट सुनसरी जिल्लाको धरान उपमहानगरपालिका वडा नं. ४ का ३२ बर्षिय जीवन अग्रवाललाई नक्कली विल, औषधीमा टाँसिने लेवलहरू र अन्य कागजातहरू सहित पक्राउ गरेको हो । पक्राउ परेका अग्रवालले लामो समय देखि बिक्र वितरण गर्दै आएको लङ्ग लाईफ फार्मेसी, महुली फार्मेसी, लाईफ सपोर्ट फार्मेसी, पेमिली फार्मेसी, मेडीप्लस फार्मेसीबाट आईसीयु लगायत अस्पतालको आकस्मिक उपचारमा प्रयोग हुने औषधीहरु र अन्य मोनन, जी भेन्क र नोरद लगायतका विभिन्न ६६ किसिमका औषधीहरू मरामद भएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरिक्षक मनोज केसीले जानकारी दिए । प्रहरीले यस्ता औषधि तिन हजार ४४ पिस अर्थात ९ सय ७१ बट्टा बरामद गरी थप अनुसन्धान तथा कारवाहीको लागि औषधी ब्यवस्था विभाग, विराटनगरमा पठाईएको जनाएको छ ।
पक्राउ पर्नेमा जीवन अग्रवाल सहित मोरङ जिल्ला विराटनगर महानगरपालिका १० बस्ने ३३ बर्षिय दिपक कुमार राय र सप्तरी महुली ५ बस्ने ३० बर्षिय प्रशान्त कुमार चौधरी रहेको प्रहरीले जनाएको छ । लामाे समय देखि भारतबाट म्याद गुज्रीएका अाैषाधि ल्याएर  अाफैले लेवल लगाउने गरेकाे पाइएपछि छापा पारिएकाे प्रहरी उपरीक्षक केसीले जानकारी दिए । यस्ता अाैषधि अाइसी युमा प्रयाेग हुने गरेकाे फेला परेकाे छ । अस्पतालकाे लापरवाही याे घटनासँग पनि जाेडिएर अाएकाे छ ।  अाइतवार दिउँसाे एकजनालाइ  नियन्त्रणमा लिए पछि प्रहरीकाे ध्यान यता केन्दित भएकाे हाे । उपरीक्षाक केसीले बर्षाैदेखि यस्ता मानिसले अस्पतालहरुमा हानिकारक अाैषधिकाे काराेवार गर्दै अाएकाे पाइएकाे बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्